गाईघाट- वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आइतबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो भने ३४ घाइते भए। ट्र्याक्टर चढेर पिकनिक जाने क्रममा उदयपुरको बेलका–८ मा यो दुर्घटना भएपछि प्रहरीले ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ।
_x000D_
_x000D_
यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन जति ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २ भुल्केबाट तीन वटा ट्र्याक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात वटा, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट छ वटा र कटारी क्षेत्रबाट पनि पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए।
_x000D_
_x000D_
अहिले गाईघाट लगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्र्याक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी गाईघाटका प्रमुख अमित कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।