काठमाडौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, विकास र सुरुक्षाका लागि अधिग्रहण गरिएको घरको मुआब्जा वितरणमा मात्र करीव सवा एक अर्ब खर्च हुने भएको छ।
_x000D_
_x000D_
नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलका अनुसार घरको मुआब्जा वितरणमै एक अर्ब २३ करोड आवश्यक पर्ने बताए।
_x000D_
_x000D_
आयोजनाले पेप्सीकोला चोकदेखि जडीबुटी चोकसम्मका भित्री सहायक सडकमा रहेका विभिन्न कित्ता गरी एक सय ४० रोपनी जग्गा र सोही ठाउँमा निर्माण भएका घर तथा टहरा अधिग्रहण गरी मुआब्जा वितरण गर्दै आएको छ।
_x000D_
_x000D_
लामो सयमदेखि स्थानीय बासिन्दाको विरोधका कारण रोकिएको मुआब्जा वितरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आएपछि सुरु गरेका थिए।
_x000D_
_x000D_
आयोजना कार्यालयले विमानस्थलको धावनमार्गका केन्द्र बिन्दूबाट एक सय ५० मिटर जग्गा अधिग्रहण गर्ने सिलसिलामा घर तथा टहरा (एपेक्स ३७२) र एक सय ४० रोपनी जग्गा आवश्यक रहेको भन्दै अधिग्रहण गरेको थियो।
_x000D_
_x000D_
सोही अनुसार आयोजनाका कार्यालयले अहिलेसम्म एक सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको जनाएको छ। जग्गाको मुआब्जा वितरणमा अहिलेसम्म ४ अर्ब ७० करोड रुपैयाँ वितरण भइसकेको पौडेलको भनाइ छ।
_x000D_
_x000D_
जग्गाको मुआब्जा वितरणको काम भने ९५ प्रतिशत काम भइसकेको छ। तर, घरको मुआब्जा वितरणमा भने खासै प्रगति हुने नसेकेको उनको भनाइ छ।
_x000D_
_x000D_
घरको मुआब्जा वितरणमा रकम कम भएको भन्दै स्थानीयले अवरोध गरिरहेका छन्।
_x000D_
_x000D_
जग्गाको मुआब्जा वितरणमा सहजता ल्याउन आयोजना कार्यालयले तीन तहमा वर्गीकरण गरी वितरण सुरु गरकोे थियो।
_x000D_
_x000D_
कच्ची सडक र सहायक पिच सडकमा पर्ने जग्गाका लागि प्रतिआना ३४ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ। यसैगरी गोरेटो बाटोसँगै जोडिएको जग्गाको प्रतिआना २७ लाख ८२ हजार रुपैयाँका दरले मुआब्जा वितरण भएको थियो।
_x000D_
_x000D_
यसैगरी, बाटो नभएको ठाउँका जग्गा प्रतिआना २४ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा वितरण भएको थियो।
_x000D_
_x000D_
यस्तो छ घरको मुआब्जा दर
_x000D_
_x000D_
यसैगरी, आयोजना कार्यालयले घर र टहरा मुअाब्जा वितरण गर्ने मोडालिटी तय गरेको छ।प्रतिवर्गमिटरका दरमा १७ मोडालिटीमा मुआब्जा वितरण गर्ने गरी मोडालिटी तय गरेको अायोजना कार्यालयले तोकेको छ।
_x000D_
_x000D_
१. काठ वा बाँसका खम्बा राखी जस्तापाताको छेकबार लगाइको टहराको मुअाब्जा- प्रतिवर्गमिटर १० हजार २८ रुपैयाँ
_x000D_
_x000D_
२. भित्री भागमा काँचो र बाहिर पोकेको माटो प्रयोग गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १४ हजार नौ सय ४० रुपैयाँ
_x000D_
_x000D_
३. भित्री भागमा काँचो र बाहिर पोकको इटा भएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १९ हजार २ सय २
_x000D_
_x000D_
४. भित्र-बाहिर सिमेन्ट प्लास्टर गरिएको घरको प्रतिवर्गमिटर मुअाब्जा- प्रतिवर्गमिटर २१ हजार ३ सय ५५
_x000D_
_x000D_
५. छाना आरबीसी र आरसीसी भएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २२ हजार ४ सय ६४ रुपैयाँ
_x000D_
_x000D_
६. ब्रजको जडानमा छानामा जस्ता, झिँगटी, टायल प्रयोग गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २१ हजार ९ सय १५ रुपैयाँ
_x000D_
_x000D_
७. ब्रजकै जडानमा सिमेन्ट प्लास्टर गरिएको घरको मुआब्जा- प्रतिवर्गमिटर २१ हजार ९ सय १५ रुपैयाँ
_x000D_
_x000D_
८. ब्रजको जडानमा छाना आरबीसी रहेको घरको मुअाब्जा- प्रतिवर्गमिटर २४ हजार ८ सय १० रुपैयाँ
_x000D_
_x000D_
९. सिमेन्टको जडानमा छानामा जस्तापाता, टायल तथा झिंगटी प्रयोग गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २४ हजार २५ रुपैयाँ
_x000D_
_x000D_
१०. सिमेन्टको जडानमै छाना आरसीसी भएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २४ हजार ८ सय ७५ रुपैयाँ
_x000D_
_x000D_
११. आरसीसी फ्रेम स्ट्रक्चरको घरको मुअाब्जा- प्रतिवर्गमिटर २६ हजार २ सय ७४ रुपैयाँ
_x000D_
_x000D_
१२. काठमात्र प्रयोग गरी छानामा भने जस्ता, टायल र झिँगटी प्रयोग गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २२ हजार ९ सय ३१ रुपैयाँ
_x000D_
_x000D_
१३. सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्लकको पर्खाल भएको, प्लास्टर नगरिएको र जस्तापाताको छाना लगाइएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १६ हजार १ सय ५० रुपैयाँ
_x000D_
_x000D_
१४. सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्लकको पर्खाल, प्लास्टर गरिएको र जस्तापाताको छाना लगाइएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १८ हजार २ सय ९१ रुपैयाँ
_x000D_
_x000D_
१५. सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्लकको पर्खाल, प्लास्टर नगरिएको र आरसीसी र आरबीसी छाना ढलान गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १९ हजार ३ सय ८९ रुपैयाँ
_x000D_
_x000D_
१६. सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्लकको पर्खाल, प्लास्टर गरेको आरसीसी र आरबीसी ढलान छाना भएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २२ हजार २४ रुपैयाँ
_x000D_
_x000D_
१७. फलामे पोस्ट राखी जस्तापाताले छेकबार लगाएको टहराको घरको मुअाब्जा- प्रतिवर्गमिटर १२ हजार ९ सय ४१ रुपैयाँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।