• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लोकसेवा आयोग कहिले खुल्छ?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २५, २०७५  १३:१०
1140x725

काठमाडौं– कर्मचारी समायोजनाको समस्या मिलाउन नसक्दा लोकसेवाले नयाँ विज्ञापन खोल्ने विषयमा सरकार र लोकसेवा आयोगबीचमा द्वन्द्व सिर्जना हुने देखिएको छ।

_x000D_ _x000D_

प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न नसकेपछि सरकारले तत्कालका लागि भन्दै गत असोज २८ गते मन्त्रिपरिषद्को बैठकले अायोगको विज्ञापन नै रोक्ने निर्णय गरेको थियो।

_x000D_ _x000D_

सरकारको उक्त निर्णयप्रति आयोगले असन्तुष्टि जाहेर गरिसकेको छ। संवैधानिक निकायको काम गर्ने अाफ्नै क्यालेन्डर र अधिकार हुने भएपनि देशको संक्रमणकाल भन्दै सरकारले गरेको आग्रह अनुसार केही समय पर्खेको तर अब आयोग विज्ञापन खोल्ने पक्षमा पुगेको आयोगका अध्यक्ष उमेश मैनालीले बताए।

_x000D_ _x000D_

केही दिनअघि राजधानीमा अायोजित सार्वजनिक कार्यक्रममा समेत उनले अबको एक महिनामा आयोगले विज्ञापन खोल्ने बताएका थिए।

_x000D_ _x000D_

सरकारले कर्मचारी समायोजन गर्ने भन्दै कर्मचारी समायोजन ऐन जारी भइसकेकाले अब अायोगले सोही अनुसार काम गर्ने र अावश्यक रिक्त दरबन्दीमा विज्ञापन खुल्ला गर्ने उनले बताए। सरकारले हालसम्म संघीय निजामती र प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी ऐन निर्माण नगर्दा समेत यसमा थप समस्या भएको आयोगका अध्यक्ष मैनालीको बुझाइ छ।  

_x000D_ _x000D_

'सरकारलाई सहयोग गर्न पर्छ'

_x000D_ _x000D_

तर प्रशासनविद् काशिराज दाहालको बुझाई भने फरक छ। सरकारले अहिले पनि कर्मचारी समायोजनको विषयमा संक्रमणकालमा रहेकाले लोकसेवा आयोगले प्रेसर गर्न नहुने तर्क उनले गरे। 

_x000D_ _x000D_

‘लोकसेवा संवैधानिक निकाय हो तर दरबन्दी सरकारले दिने भएकाले यसमा 'टसल' गर्न हुँदैन’ दाहालले भने, ‘कति पठाउने, कहिले निकाल्ने, कसरी निकाल्ने भन्ने सरकारको परामर्शमै आयोगले गर्ने हो।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विशेष अवस्थामा सरकारले आग्रह गर्न सक्ने र त्यसका लागि आयोग तयार हुनुपर्ने उनको तर्क छ।

_x000D_ _x000D_

‘कर्मचारी समायोजनमा सरकार लागी परेकाले उले केही समयका लागि विज्ञापन रोक्न सक्छ, तर यो सँधै देखियो भने चाँहि गलत हो,’ उनले भने, ‘यो अवस्थालाई बुझिदिनु पर्ने र आपसी सम्वन्वयनमा हुनुपर्ने हुन्छ।’

_x000D_ _x000D_

अायोगको क्यालेन्डर प्रभावित

_x000D_ _x000D_

लोकसेवा आयोगले कुन काम कहिले गर्ने भनेर वार्षिक क्यालेन्डर तयार गरेको थियो। विज्ञानदेखि पदपूर्तिसम्मको क्यालेन्डर आयोगले निर्माण गरी कार्यान्वनयन समेत सुरु गरेको थियो। तर सरकारले कर्मचारी समायोजन गर्न नसक्दा उक्त क्यालेन्डर समेत मिचिएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

आयोगले आर्थिक वर्ष २०७५/०७६ का लागि क्यालेन्डर तय गरेको थियो। आयोगले कात्तिक र मंसिरमा मात्र सात वटा तहका कर्मचारीको विज्ञापन गर्ने कार्यक्रम तय गरेको थियो। तर सरकारले असोज २८ मा २ महिनाका लागि विज्ञापन रोक्न आयोगलाई निर्देशन दिएपछि  उसको क्यालेन्डर प्रभावित भएको हो।

_x000D_ _x000D_

कर्मचारी समायोजन ऐन आउनुअघि पनि आयोगको विज्ञापन रोकिएको थियो। सरकारको उक्त निर्णयपछि आयोगको विज्ञापन मंसिर अन्तिमसम्म रोकिएको छ। मंसिरपछि विज्ञापन खोल्ने विषयमा पनि सरकार गम्भीर हुन सकेको छैन। यसका लागि अावश्यक संघीय निजामती ऐन संसदमा दर्ता नै नगराएको र संंसदको अधिवेशन समेत अन्त्य भएकाले तत्काल यो काम पूरा हुने सम्भावना पनि छैन। अध्यक्ष मैनालीले सरकारको आग्रहलाई हेरेर मंसिरको अन्तिम वुधबारसम्मका लागि क्यालेन्डर सारिएको बताए।

_x000D_ _x000D_

यस्तो छ अायोगको स‌ंशोधित कार्यतालिका

_x000D_ _x000D_

_x000D_ _x000D_

सामान्य प्रशासनले दरबन्दी नपठाउँदा समस्या

_x000D_ _x000D_

संघीय मामिला, स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक विवरण नपठाउँदा समस्या भएको मैनालीको तर्क छ।

_x000D_ _x000D_

‘कर्मचारी आवश्यकता माग पठाउने सरकारले हो,’ उनले भने, ‘सरकारले माग पठाउन पर्यो, हामी त तयार छौं।’ तर विगतदेखि नै आयोगले पटक-पटक आग्रह गर्दा पनि सामान्य प्रशासन मन्त्रालय तयार नहुदाँ विज्ञापन रोकिएको उनले बताए।

_x000D_ _x000D_

मंसिरको अन्तिमसम्म सरकार तयार नभए के हुन्छ भन्ने प्रश्नमा मैनालीले आफूलाई पठाउँछ भन्ने विश्वास लागेको बताए। ‘देशका युवाको चिन्ता सरकारलाई पनि थाहा नै होला नि,’ उनले भने, ‘तर अब प्रभावित हुने गरी आयोगले काम गर्न सक्दैन।’

_x000D_ _x000D_

करीब ६ लाख युवालाई विदेश पठाउने बाटो खुल्छ

_x000D_ _x000D_

देशभर आवश्यक हुने जनशक्तिलाई अवसरबाट रोक्दा विदेश पलायन हुने जोखिम हुने विज्ञहरूको दाबी छ। नेपालमा रोजगारीको अवसर नपाए विदेश जानुपर्ने बाध्यता रहेको अध्यक्ष मैनालीले स्वीकार गरे।

_x000D_ _x000D_

‘निजामति सेवाका लागि करीब ५ लाख ७५ हजार आवेदक प्रतीक्षामा रहेकाले रोक्न हुँदैन। उनीहरूको भावनामा आँच पुर्याउने काम गर्नुहुँदैन’, उनले भने, ‘२ महिना सार्न आपत्ति हैन। तर दुई महिनाभित्र आउँछ नै भन्ने ग्यारेन्टी छैन। उहाँहरु पुनः अध्यादेश मार्फत् ऐन ल्याउने तयारीमा हुनुहुन्छ।’

_x000D_ _x000D_

'प्रदेश लोकसेवा आयोग नबनेसम्म खोलौं'

_x000D_ _x000D_

प्रदेश लोकसेवा आयोग नबनेसम्म संघीय आयोगले विज्ञापन गर्न पाउनुपर्ने अध्यक्ष मैनालीले माग गरे। यसअघि नै यो कुरा सोचेको भए ६ महिनाअघि नै कर्मचारी पूर्ति हुनेमा सरकारको ध्यान नपुगेको मैनालीले टिप्पणी गरे।

_x000D_ _x000D_

अझै पनि समय बाँकी रहेको भन्दै उनले कर्मचारी पदपूर्तिका लागि बाटो खुलाउन माग गरे। 

_x000D_ _x000D_

‘हामीले नरोक्न धेरै कोसिस गरेका हौं। तर सरकार नमानेपछि दुई महिना पछि सारेका छौ,’  उनले भने, ‘तर यो सँधै रोक्न सकिँदैन। त्यसलाई ख्याल गर्न जरुरी छ।’ कर्मचारी भर्ना प्रक्रिया भुकम्पका बेला पनि नसरेको बताएका अध्यक्ष मैनालीले कुनै पनि कारण कर्मचारी भर्नाको विज्ञापन नसर्ने दाबी गरे।

_x000D_ _x000D_

सामायोजन ऐन आउँदा भर्ना प्रक्रिया रोक्न नमिल्ने बताउँदै उनले कार्यतालिका समेत सार्वजनिक गरिसकेको आयोगको विवशता बुझिदन आग्रह गरे। सरकारबाट माग नआएका कारण विज्ञापन गर्न नसकेको र कार्यतालिका समेत प्रभावित हुने पुगेको उनले बताए। 'सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर रोक्नू भनेपछि हामी के गर्न सक्छौ?' उनले प्रश्न गरे।

_x000D_ _x000D_

२००८ सालमा गठन भएको आयोगमा यसअघि यस्तो समस्या नआएको बताएका मैनालीले अधिकृत र उच्च तहका कर्मचारीको बढुवा नरोकी नयाँ प्रवेश रोक्न खोज्नु गलत भएको बताए।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्