काठमाडौं– काठमाडौं महानगरपालिकाको अडानका कारण अडानका कारण फोहर व्यवस्थापन निजी क्षेत्रलाई दिने सम्बन्धी काममा अन्योल सिर्जना भएको छ।
_x000D_
_x000D_
काठमाडौं महानगरपालिकाको अडानका कारण उपत्यकाका विभिन्न ९ वटा नगरपालिकाको एकीकृत फोहर व्यवस्थापनको जिम्मा नेप वेस्ट प्रालिलाई दिने सम्बन्धी काममा अन्यौलता पैदा भएको हो।
_x000D_
_x000D_
सरकारले गत फागुनमा फोहरमैला व्यवस्थापनको जिम्मा दिने गरी नेप वेस्ट प्रालिसँग प्रारम्भिक सम्झौता (एमओयू) गरेको थियो। सोही सम्झौता अनुसार लगानी बोर्डले २०७५ असार १ गते परियोजना विकास सम्झौतालाई स्वीकृत गरेको थियो। परियोजना विकास सम्झौता स्वीकृत भएको ३ महिना भित्र फोहर संकलनको काम सुरुवात, कामदारहरुको समायोजन, उपकरण र औजारहरुको हस्तान्तरण गरिसक्नुपर्ने प्रारम्भिक सम्झौतामा उल्लेख छ।
_x000D_
_x000D_
तर, काठमाडौं महानरपालिकाले कर्मचारी व्यवस्थापन सम्बन्धमा प्रारम्भिक सम्झौतामा उल्लेख गरिए भन्दा भिन्न रुपमा अडान राखेपछि सो सम्बन्धी अन्तिम सम्झौता हुन नसकेको हो। काठमाडौं महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कार्यरत आफ्ना १ हजार ६ कर्मचारीको वर्षभरीको तलब एकमुष्ट महानगरको खातामा जम्मा गरिदिनुपर्ने सर्त अघि सारेको छ। फोहर व्यवस्थापनमा प्रयोग हुँदै आएका उपकरणहरु पनि प्रचलित मूल्यमा खरिद गर्नुपर्ने पनि उसको माग छ।
_x000D_
_x000D_
महानगरले अघि सारेका पछिल्ला ५ बुँदे सर्तलाई विकासकर्ता कम्पनीले अव्यवहारिक भन्दै स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ। मध्यस्थकर्ताको रुपमा रहेको लगानी बोर्डले महानगरका कडा सर्त र फोहरमैला व्यवस्थापन प्याकेज १ को विकासकर्ता कम्पनी नेप वेष्ट प्रालिको लचकताको कमीका कारण आयोजनामा अन्योलता देखिएको प्रतिक्रिया दिएको छ।
_x000D_
_x000D_
लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सबैको सहयोग बिना फोहर व्यवस्थापन जस्तो चुनौतीपूर्ण काम गर्न कठीन हुने बताउँछन्। लामो समय भइसकेकाले यस विषयलाई वार–पार लगाउने ढंगले नै वार्ता अघि बढाउने मनस्थितिमा बोर्ड पुगेको छ।
_x000D_
_x000D_
काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन सार्वजनिक निजी साझेदारीको माध्यमबाट गर्न २०६६ साल भदौमा स्थानीय विकास मन्त्रालयबाट प्रक्रिया अघि बढाइएको थियो। २०६७ साल पुस १ गते काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन सम्बधी आशयपत्रको सूचना प्रकाशित गरिएको थियो। त्यसपछि विभिन्न प्रक्रिया पुरा गरी परियोजना १ का लागि नेप वेस्ट प्रालि चयन भएको थियो।
_x000D_
_x000D_
काठमाडौं महानगरपालिका सहित ९ वटा नगरपालिकाको फोहर व्यवस्थापनका लागि २०७४ फागुन २३ गते प्रारम्भीक हस्ताक्षर गरिएको थियो। प्याकेज १ अन्र्तगतको विकास सम्झौतामा बन्चरेडाँडामा ल्यान्डफिल साइट, प्रशोधन, उत्पादन र रि–साइकिलिङ साइट स्थापना गर्ने, परियोजना क्षेत्र भित्रको फोरमैला व्यवस्थापन, सडक, धार्मिक तथा सार्वजनिक स्थलको फोहर व्यवस्थापन गर्ने तथा विकासकर्ताले हालको फोहर व्यवस्थापन गरिरहेका औपचारिक र अनौपचारिक जनशक्तिलाई उचित व्यवस्थापन गर्ने उल्लेख छ। मेसिन औजार र सवारी साधनलगायत पुर्वाधारको हस्तान्तरण सम्बन्धमा भने विकासकर्ताले सम्बन्धित नगरपालिकाहरुसँगको छलफलपश्चात् हुने सहमतिका आधारमा तय गरिने उल्लेख छ।
_x000D_
_x000D_
सरकारले फोहोरमैला व्यवस्थापन परियोजनालाई तीन वटा प्याकेजमा विभाजन गरी फोहर व्यवस्थापनको कार्य नीजी क्षेत्रलाई दिन लागेको हो। प्याकेज १ मा काठमाडौं महानगरपालिका र दक्षिणकाली, गोकर्णेश्वर, बुढानिलकण्ठ, तारकेश्वर, टोखा, चन्द्रागीरि, नागार्जुन, शंकरापुर, कागेश्वरी, मनोहरा नगरपालिका र प्याकेज २ मा ललितपुर महानगरपालिका तथा कीर्तिपुर, महालक्ष्मी र गोदावरी नगरपालिका तथा प्याकेज ३ मा भक्तपुर, चाँगुनारायण, मध्यपुर थिमी र सुर्यविनायक नगरपालिका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।