काठमाडौं- प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले दोस्रो पटक न्यायाधिशहरुको सरुवा गरेका छन्।
आज बसेको न्यायपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो। यसअघि स्थानीय तह निर्वाचनको तेस्रो चरणको निर्वाचनको मुखमा जिल्ला न्यायाधिशको सरुवा गरिएको थियो।
पराजुली सर्वोच्च नेतृत्वमा आएपछि न्यायाधीशहरुको यो दोस्रो पटक सरुवा भएको हो।
गत बैसाखमा सुशीला कार्कीले अवकाश पाएपछि उनी प्रधानन्ययाधिशको रुपमा सर्वोच्च आएका थिए।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा हुन गइरहेको अवस्थामा उच्च अदालतका न्यायाधीश सरुवा भएको हो। अब पराजुलीको कार्यकाल चार महिना बाँकी छ।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।