• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्भवतीलाई उपचार सेवा नदिए जेल हाल्नेसम्मको कानुन, यस्तो छ व्यवस्था

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २३, २०७५  १२:०१
1140x725

काठमाडौं— सरकारले प्रजनन् स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ ल्याएको छ।

_x000D_ _x000D_

ऐनले पहिलोपटक कामकाजी महिलालाई सुत्केरी भएपछि तीन महिनासम्म तलबसहितको प्रसूति बिदाको व्यवस्था गरेको छ। प्रसूति बिदा अपुग भएमा वा चिकित्सकको सल्लाहमा थप एक वर्ष बेतलबी बिदा बस्न पाउने व्यवस्था पनि ऐनले गरेको छ। 

_x000D_ _x000D_

प्रत्येक कार्यालयमा काम गर्ने पुरुष कर्मचारीका लागि श्रीमती सुत्केरी हुनुअघि वा पछि सुत्केरी स्याहारका लागि १५ दिनसम्मको तलबसहित प्रसूति स्याहार बिदाको व्यवस्था गरिएको छ। 

_x000D_ _x000D_

प्रत्येक सरकारी, गैरसरकारी र निजी संघसंस्थाले महिलाले प्रजनन् शारीरिक रुग्णताका कारण जटिल शल्यक्रिया गर्नुपर्ने भएमा ३० दिनसम्मको तलबसहितको व्यवस्था ऐनमा गरिएको छ।

_x000D_ _x000D_

यस्तै, हरेक सरकारी तथा गैरसरकारी, निजी कार्यालयहरुमा दुई वर्षसम्म बच्चालाई स्तनपानका लागि स्तनपान कक्षको अनिवार्य व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

लामो समयको कसरतपछि आएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी  ऐनले  कसैले पनि महिलाको प्रजनन् शारीरिक रुग्णताको कारण देखाई सम्बन्धविच्छेद, घरनिकाला वा  विस्थापन गर्न नपाइएने व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

प्रजनन् स्वास्थ्य समन्वय समिति गठन हुने
_x000D_ समितिले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सेवासम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गर्नका लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिन  स्वास्थ्य मन्त्रालयको सचिवको अध्यक्षतामा १० सदस्यीय समिति रहने उल्लेख गरिएको छ।

_x000D_ _x000D_

उक्त समितिमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ। त्यसबाहेक  मन्त्रालयले तोकेको नेपाल स्वास्थ्य स्वयंसेविका संघको प्रतिनिधि एकजना पनि रहनेछन्। परिवार कल्याण महाशाखाका निर्देशक उक्त समितिको सदस्यसचिव रहनेछन्। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

समितिले सो समन्वय समितिलाई प्रजनन् स्वास्थ्य तथा अधिकारको क्षेत्रमा कार्यरत विशेषज्ञलाई आवश्यकताअनुसार बैठकमा बोलाउने, बैठकसम्बन्धी कार्यविधि बनाउने अधिकार दिइएको छ।

_x000D_ _x000D_

संरक्षण गृहको व्यवस्था
_x000D_ मानसिक रुपमा  अशक्त, घरपरिवार वा आफन्तबाट तिरस्कृत, बलात्कृत महिलाको प्रजनन् स्वास्थ्य समस्या लागि त्यस्ता महिलालाई संरक्षण गृहमा राख्नेगरी संघ, प्रदेश र स्थानीय तहले पारस्पारिक समन्वयमा व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

_x000D_ _x000D_

अपांगमैत्री सेवा
_x000D_ यस ऐनअन्तर्गत परिवार नियोजन, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व, आकस्मिक प्रसूति सेवा, नवजात शिशु, प्रजनन् स्वास्थ्य रुग्णतासम्बन्धी सेवा प्रदान गर्दा किशोरी तथा अपांगमैत्री हुनुपर्ने व्यवस्था गरेको छ।

_x000D_ _x000D_

अधिकार सुनिश्चित

_x000D_ _x000D_

ऐनले मातृत्व तथा प्रजनन् स्वास्थ्यमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ। लामो छलफलपछि आएको ऐनमा महिलाका केही ठोस अधिकार सुनिश्चित गरिएको छ।

_x000D_ _x000D_

मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ बनाउन प्रजनन् अधिकारसम्बन्धी ऐनबारे बहस चलेको थियो।

_x000D_ _x000D_

ऐनमा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्थामा प्रजनन् स्वास्थ्य अधिकारमा प्रत्येक महिला तथा किशोरीलाई यौन तथा प्रजनन्सम्बन्धी शिक्षा, सूचना, परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ।

_x000D_ _x000D_

प्रत्येक व्यक्तिलाई प्रजनन् स्वास्थ्यसम्बन्धी सेवा परामर्श तथा सूचना प्राप्त गर्ने अधिकार हुनेछ भने प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ। 

_x000D_ _x000D_

हरेक महिलालाई गर्भान्तर वा सन्तानको संख्या निर्धारण गर्ने अधिकार, गर्भनिरोधक साधन प्रयोग गर्न पाउने, ऐनबमोजिम गर्भपतन गर्न, गर्भवती, सुत्केरी र प्रजनन् स्वास्थ्यमा रुग्णताको अवस्थामा पोषणयुक्त, सन्तुलित आहार तथा शारीरिक आराम पाउने अधिकार सुनिश्चित गरिएको छ। महिलाको प्रजनन् स्वास्थ्य सेवा र सूचना गोप्य रहने पनि ऐनले व्यवस्था गरेको छ।

_x000D_ _x000D_

सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी व्यवस्था
_x000D_ आर्थिक रुपले अति विपन्न महिलाको मातृत्व तथा प्रजनन् स्वास्थ्यका लागि तोकिएबमोजिम खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

_x000D_ _x000D_

मानसिक रुपले अशक्त, घर परिवार वा आफन्तबाट तिरस्कृत, बलात्कृत महिलाको प्रजनन् स्वास्थ्य संरक्षणका लागि त्यस्ता महिलालाई संरक्षण गृहमा राख्नेगरी संघ, प्रदेश र स्थानीय तहले पारस्पारिक समन्वयमा आवश्यक व्यवस्था मिलाउने उल्लेख व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

सुत्केरी भत्तासम्बन्धी व्यवस्था गर्दै नेपाल सरकारले अतिविपन्न सुत्केरीलाई तोकेबमोजिमको भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

सुरक्षित गर्भपतन गर्न पाउने
_x000D_ ऐनले गर्भवतीले चाहेमा १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ। गर्भवतीले विशेष अवस्थामा २८ हप्तासम्मको गर्भपतन गर्न सक्ने व्यवस्था ऐनले गरेको छ। गर्भवतीको शारीरिक, मानसिक स्वास्थ्य खतरामा रहेमा, जन्मिने बच्चा विकलाङ्ग जन्मने अवस्थाको भएमा चिकित्सकको रायसहित महिलाले २८ हप्तासम्म गर्भपतन गर्नसक्ने ऐनमा व्यवस्था छ। 

_x000D_ _x000D_

उक्त व्यवस्थामा जबरजस्ती करणी, हाडनाताबाट रहन गएको गर्भ गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउने जीवाणु जस्तो एचआइभी÷एड्स वा अन्य कुनै प्रकृतिको निको नहुने रोग लागेमा, भ्रूणमा कमीकमजोरी भएको कारण गर्भमै नष्ट हुनसक्ने वा जन्मेर पनि बाँच्न नसक्नेगरी भू्रणमा खराबी, वंशाणुगत खराबी वा अन्य कारण भ्रूणमा अशक्तता हुने देखिएमा चिकित्सकको रायसहित महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्नसक्ने व्यवस्था पनि ऐनमा गरिएको छ।

_x000D_ _x000D_

माथि उल्लेख गरिएको अवस्थामा बाहेक अन्य कुनै कारण, बलपूर्वक, जानीजानी, करकाप, धम्की, ललाइफकाई वा प्रलोभनमा पारी गर्भपतन गर्न नपाउने व्यवस्था पनि ऐनले गरेको छ।

_x000D_ _x000D_

गर्भपतन गराउने काम गर्दा तत्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मी यस्तो कामको परिणामस्वरुप जन्मिएको बच्चा तत्काल म¥यो भने त्यसलाई पनि गर्भपतन गरिएको मानिने ऐनमा उल्लेख छ। 

_x000D_ _x000D_

लिङ्ग पहिचान गरी गर्भपतन गराउन, उत्पे्ररित गर्ने, प्रलोभन, धम्की, डरत्रास देखाई, प्रभाव, झुक्यानमा पारी पनि गर्भपतन गर्न बाध्य पार्न नहुने व्यवस्था पनि ऐनले गरेको छ।

_x000D_ _x000D_

गर्भपतन गर्नुपर्ने अवस्थामा ऐनले इजाजतप्राप्त स्वास्थ्य संस्थाबाट इजाजतप्राप्त स्वास्थ्यकर्मीले मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। ऐनमा सुरक्षित गर्भपतनका समयमा गर्भवतीका सबै जानकारी, सूचना गोप्य रहने व्यवस्था छ।

_x000D_ _x000D_

आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा
_x000D_ उक्त ऐनले प्रसूति सेवा प्रदान गर्ने सबै स्वास्थ्य संस्थाले आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा प्रदान गर्नुपर्ने व्यवस्था गर्दै नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाले पनि आकस्मिक तथा नवजात शिशु सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ। 

_x000D_ _x000D_

ती स्वास्थ्य संस्थाले सेवा प्रदान गर्दा आइपर्ने जटिलता व्यवस्थापन गर्न नसकेमा सम्भव भएमा सरकारी वा सामुदायिक स्वास्थ्य संस्था वा सम्भव नभएमा गैरसरकारी अथवा निजी स्वास्थ्य संस्थामा रिफर गर्न पाउने व्यवस्था पनि ऐनले गरेको छ।

_x000D_ _x000D_

रेफर भइआएका गर्भवती, सुत्केरी तथा नवजात शिशुको सम्बन्धित स्वास्थ्य जटिलताको व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको कर्तव्य हुने बताइएको छ। हरेक स्वास्थ्य संस्थाले गर्भवतीका लागि आरामस्थलको व्यवस्था गर्न पनि ऐनले भनेको छ।

_x000D_ _x000D_

शिशुको जन्म अभिलेख राख्नुपर्ने
_x000D_ ऐनले प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य सस्थामा जन्मेका शिशुको अभिलेख राख्नुपर्ने व्यवस्था गर्दै शिशुको बाबु वा आमाको नाम राखी शिशु जन्मेको प्रमाणपत्र बाबु वा आमालाई अनिवार्य दिनुपर्ने व्यवस्था पनि ऐनमा छ।

_x000D_ _x000D_

मृतक शिशु, गर्भपतन भएका तथा गराएका महिलाको समेत संख्या खुल्नेगरी अभिलेख राख्नुपर्ने ऐनमा छ। प्रसूति सेवाका लागि आएका गर्भवती महिलाको मृत्यु भएमा त्यस्ता पनि स्पष्ट अभिलेख राख्नुपर्र्ने व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

मातृत्व तथा प्रजनन् स्वास्थ्यको लागि बजेट विनियोजन तथा अनुदान
_x000D_ नेपाल सरकारले प्रत्येक वर्ष आफ्नो बजेटमार्फत प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन् स्वास्थ्यको सेवाको प्रयोजनको लागि बजेट विनियोजन तथा अनुदान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै बजेट विनियोजन प्रदेश र स्थानीय तहले पनि गर्न ऐनले आदेश दिएको छ। 

_x000D_ _x000D_

मन्त्रालयले विशेष परिस्थितिमा निर्देशन दिनसक्ने, असल नियतले प्रजनन् स्वास्थ्य सेवा उपलब्ध गराएको विषयलाई लिएर कुनै पनि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीविरुद्ध ऐनमा जे लेखिए पनि कारबाही नचलाइने कुरा ऐनले स्पष्ट व्यवस्था गरेको छ। 

_x000D_ _x000D_

कसुर र सजाय 
_x000D_ गर्भवतीलाई सेवा लिनबाट बञ्चित गरेमा, जानीजानी स्वास्थ्य संस्थाले प्रसुति सेवा प्रदान गर्न इन्कार गरेमा, वा उपचार सम्भव हुदाँहुदैँ अन्यत्र रिफर गरेमा, स्वास्थ्य संस्थाले जन्म प्रमाणपत्र नदिएमा, बलपूर्वक परिवार नियोजन गराएमा, बलपूर्वक गर्भनिरोधक साधन प्रयोग गराएमा, लिङ्ग पहिचान गर्ने, सोही आधारमा गर्भपतन गराएमा, गोपनीयता भङ्ग गराएमा, भेदभाव गरेमा ६ महिना कैददेखि ५० हजारसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ।

_x000D_ _x000D_

विभिन्न कारण महिलालाई विस्थापन गराएमा एक वर्ष कैद, एक लाख जरिवाना वा दुवै सजाय हुन सक्नेछ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बिहीबार, वैशाख ३, २०८३
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्