काठमाडौं- पोखराको फेवातालमा सोमबार पर्यटक बोकेका ७ वटा प्याराग्लाइडर खसेका छन्। हावाहुरीका कारण अनियन्त्रित भई फेवातालमा खस्दा ७ पाइलटसहित १४ जना घाइते भए। ती प्याराग्लाडर सराङकोटबाट पर्यटक बोकेर उडेका थिए।
'एक चिनियाँ नागरिकको अवस्था गम्भीर छ। अरुको अवस्था सामान्य छ,' जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्गबहादुर खड्काले नेपाल लाइभसँग भने, 'डुंगा परिचालन गरेर उनीहरुको उद्धार गरिएको छ।'
प्याराग्लाइर खसेपछि उद्धारको भिडियो-
(भिडियो हरिस बराल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।