काठमाडौं- पोखराको फेवातालमा पर्यटक बोकेका ७ वटा प्याराग्लाइडर खसेका छन्। हावाहुरीका कारण अनियन्त्रित भई ७ पाइलटसहित १४ जना एकैसाथ फेवातालमा खसेका हुन्। ती प्याराग्लाइडर सराङकोटबाट पर्यटक बोकेर उडेका थिए।
'धन्न तालमा खसेकाले अप्रिय घटना हुन पाएन,' जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्गबहादुर खड्काले नेपाल लाइभसँग भने, 'सबैको उद्धार भइसकेको छ।' घटनापछि उद्धारका लागि डुंगा परिचालन गरिएको थियो।
एक चिनियाँ नागरिकको अवस्था भने गम्भीर रहेको उनले बताए। अहिले पोखरा आसपास हावाहुरी र पानी परिरहेको छ।
यहाँ क्लिक गर्नुस्: फेवातालमा यसरी खसे प्याराग्लाइडर [भिडियो]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।