काठमाडौं- साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ। लिमिटेडले आफ्नो चिनी प्रतिकिलो ६८ रुपैयाँका दरले बिक्री वितरण थालेको संस्थानका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए। उनका अनुसार गत शनिबारदेखि नै उक्त दरमा चिनीको बिक्रीवितरण गरिएको छ। हाल बजारमा चिनीको खुद्रा मूल्य ७५ रुपैयाँको हाराहारीमा छ।
_x000D_
_x000D_
‘चाडबाडलाई लक्षित गरेर सहुलियत दरमा चिनी बिक्री गर्ने निर्णयमा संस्थान पुगेको हो,’ उनले भने।
_x000D_
_x000D_
यसअघि संस्थानले गत १२ असोजदेखि सञ्चालन गरेको सहुलियत पसलमै चिनीको प्रतिकिलो मूल्य ७६ रुपैयाँ तोकेको थियो। तर, उक्त मूल्य प्रचलित बजारभाउ भन्दा पनि बढी भएको भन्दै विरोध भएपछि संस्थानले चिनीको बिक्री नै रोकेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा चिनी बेचे कारबाही गर्ने चेतावनी दिएपछि संस्थानले बिक्री रोकेको थियो।
_x000D_
_x000D_
त्यसयता गत साता मन्त्रालयमा बसेको संस्थानसहितको बैठकले चिनीको मूल्य निर्धारण गरेको थियो। सोहीअनुसार चिनी बिक्रीवितरण गरिएको संस्थान बताउँछ। संस्थानको मूल्यकै हाराहारीमा चिनीको बजार मूल्य कायम हुँदै आएको छ।
_x000D_
_x000D_
हाल संस्थानसँग १७ हजार मेट्रिक टन चिनी मौज्दात छ।
_x000D_
_x000D_
महंगोमा किनेर सस्तोमा बेच्नुपरेपछि अहिले चिनीमा संस्थानले घाटा व्यहोर्नुपरेको संस्थानका सहायक महाप्रबन्धक राजभण्डारी बताउँछन्। उनका अनुसार प्रतिकिलो ६८ रुपैयाँमा चिनी बेच्दा संस्थानलाई किलोमै ८ रुपैयाँ घाटा छ। ‘अन्तर्राष्ट्रिय बजारमा भाउ महंगो हुँदा किनेको चिनी सस्तोमा बेच्नुपर्ने अवस्थाले संस्थानलाई घाटा हुने स्थिति आएको छ।’
_x000D_
_x000D_
त्यस्तै, विगतका वर्षहरूमा सहुलियत दरमा चिनी बिक्री गर्दा विगतमा पाउँदै आएको अनुदानसमेत नपाउने स्थिति आएपछि संस्थानलाई चिनीको व्यापारमा थप चाप परेको राजभण्डारी बताउँछन्। चालू आर्थिक वर्षमा पनि प्रतिकिलो चिनी बिक्रीमा ५ रुपैयाँ सरकारी अनुदान पाउने व्यवस्था बजेटमार्फत् आएपनि त्यसको कार्यविधि नबन्दा अनुदान नपाउने अवस्था सृजना भएको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।