काठमाडौं – नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निर्विरोध पार्टी महाधिवेशन प्रतिनिधि छानिएका छन् ।
मंगलबार सुनसरीको लौकहीमा भएको कांग्रेसको क्षेत्रीय अधिवेशनबाट खस आर्यतर्फ उनी निर्विरोध भएको निर्वाचन अधिकृत दामोदर दाहालले बताए।
यसअघि नेता कार्कीको निर्वाचन क्षेत्रअन्तर्गतको बराहक्षेत्र १० नम्बर वडाबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।