काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे उद्घाटन समारोह आयोजना हुनेछ।
कांग्रेसका अनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया जारी छ।
यसबीच देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएको पार्टीले जनाएको छ। कतिपय क्षेत्रमा अझै प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसको भनाइ छ।
यही परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने जानकारी दिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।