काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कोशी, मधेश, राजधानी र बागमती प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।
२०८३ असोज १३ गते भएको भर्चुअल कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशालगायत विषयमा सम्बोधन गरेका थिए।
कार्यक्रममा कोशी, मधेश, राजधानी र बागमती प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई भर्चुअल सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।