रसुवा– तिहारलाई लक्षित गर्दै चीनबाट ६० वटा भेडा तथा च्याङग्रा आयात गरिएको छ। नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट तिहार नजिकिएसँगै ६० वटा भेडाच्याङग्रा आयात गरिएको हो।
_x000D_
_x000D_
चीनको स्वशासित क्षेत्र तिब्बतबाट रसुवागढी नाका हुँदै ६० वटा भेडाच्याङग्रा नेपाल भित्राइएको व्यापारी दिवाकर न्यौपानेले बताए। गत वर्षको तिहारमा यो नाका हुँदै भेडाच्याङग्रा भित्र्याइएको थिएन। तिहारलाई लक्षित गरी ल्याइएको प्रति भेडाच्याङग्राको मूल्य २३ हजारदेखि २६ हजार रुपैयाँसम्म पर्ने व्यापारी दिवाकर न्यौपानेले बताए। उनले भने, ‘यसअघि मुस्ताङबाट ल्याइने गरेकोमा यो वर्ष रसुवागढी हुँदै ल्याएका छौँ, नेपाल भित्रिएको भेडाच्याङग्राको मूल्य विगतको तुलनामा केही महङ्गो छ।’
_x000D_
_x000D_
गत वर्ष भन्दा यो वर्ष भेडाच्याङग्राको आयात र खरिद मूल्य दुवै बढेको न्यौपानेले बताए। गत वर्ष भन्दा यो वर्ष प्रतिगोटा करिब ४ हजार रुपैयाँले मूल्य बढेको उनको भनाइ छ। दसैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ। चीनको तिब्बतस्थित ल्हासामा भेडाच्याङ्ग्राको भाउ निरन्तर बढ्दै जान थालेपछि आयात निरन्तर ओरालो लागेको व्यावसायीहरु बताउँछन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
यो वर्ष यस नाका हुँदै ३ सय भन्दा बढीको सङ्ख्यामा भेडाच्याङ्ग्रा आयात हुने बताइएको छ। गत वर्ष आयात घटेको थियो। व्यापारीका अनुसार गत वर्ष दसैंमा ५५ वटा मात्रै भेडाच्याङ्ग्राको आयात भएको थियो। भने यो वर्ष २ सय भन्दा बढी भेडाच्याङग्रा आयात भएको बताइएको छ।
_x000D_
_x000D_
२०७० सालमा २ सय २ वटा, २०७१ सालमा १ सय ८०, २०७३ सालमा २ सय ५० वटा र २०७४ सालमा ५५ वटा भेडाच्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल आयात भएको थियो। २०७० सालअघि यो नाकाबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको थियो।
_x000D_
_x000D_
चाडपर्वको समयमा हरेक वर्ष रसुवागढी नाकाबाट भेडाच्याङग्रा आयात हुने गरेको छ। चाडपर्वलाई लक्षित गरी बजारमा बिक्रीवितरणका लागि ल्याइएका भेडाच्याङ्ग्राको मूल्यसमेत बढेपछि सर्वसाधारण मर्कामा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।