काठमाडौं- व्यवसायीहरुले चियाको अन्तराष्ट्रिय बजार विस्तारमा गर्न सरकारसँग आग्रह गरेका छन्।
_x000D_
_x000D_
चिया उद्योगी तथा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिशकुमार मोरले चियाको अन्तराष्ट्रिय बजार प्रवर्द्धनमा जोड दिन सरकारसँग आग्रह गरेका हुन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली चियालाई भारतले ब्रान्ड बनाएर अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने गरेको भन्दै त्यसलाई रोक्न पनि सरकारले ढिलाई गर्न नहुने स्पष्ट पारे।
_x000D_
_x000D_
'नेपालको समृद्धिमा चियाको निर्यातले उल्लेख्य योगदान दिन सक्ने औंल्याउँदै यसको विकासका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्नेछौं' उनले प्रतिवद्धता पनि व्यक्त गरे।
_x000D_
_x000D_
परिसंघले नेपाली चियाको उत्पादन बढाउन श्रम सम्बन्धी कानुन लचिलो बनाउन पनि सरकारसँग आग्रह गर्दै आएको छ। चिया नेपालको निर्यात व्यापारमा ठूलो सम्भावना बोकेको वस्तु हो। यसको विकासमा सरकारले उचित लगानी गर्न नसकेको व्यवसायीहरुको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।