काठमाडौं– सेयर खरिदको रकम अब आफ्नो बैंक खाताबाट सिधै ब्रोकरको खातामा ‘ट्रन्सफर’ हुने भएको छ। नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्टआइपिएस इपेमेन्ट प्रणालीमार्फत सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको हो।
_x000D_
_x000D_
लगानीकर्ताले सेयर खरीद गरे वापतको ब्रोकरलाई भुक्तानी गर्नुपर्ने रकम धधध।अयललभअतष्उक।अयm मा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैक खातामा सजिलै रकमान्तर गर्न सक्ने कम्पनीले जनाएको छ।
_x000D_
_x000D_
हालसम्ममा यस प्रणालीमा १२ ब्रोकर कम्पनीहरु आवद्ध भएको छन्। यस प्रणलीमा ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९ र ५९ आवद्ध भइसकेका छन्।
_x000D_
_x000D_
अन्य ब्रोकर कम्पनी पनि यस प्रणालीमा आवद्ध हुने क्रममा रहेको कम्पनीले जनाएको छ। यसबाट लगानीकर्ताले रकम भुक्तानी गर्दा अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुने कम्पनीको दाबी रहेको छ।
_x000D_
_x000D_
कनेक्टआइपिएस इपेमेन्ट प्रणालीमा हालसम्म ३४ बैंक तथा वित्तीय संस्थामार्फत सेवा लिन सकिनेछ। उक्त सेवाको लागि ४४ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ।
_x000D_
_x000D_
यसअघि कनेक्टआइपिएस इपेमेन्ट प्रणलीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेट फन्ड लोड जस्ता कारोबार गर्न सकिने व्यवस्था रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।