काठमाडौं– राजपाका सहमहामन्त्री दीलिपकुमार धाडेवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। २०४६ सालदेखि नै राजनीतिमा सक्रिय धाडेवालाई कांग्रेस नेता डा.शेखर कोइरालाले काठमाडौंस्थित आफ्नै निवासमा टीका लगाएर पार्टी प्रवेश गराएका थिए।
२०४६ सालमा गजेन्द्रनारायण सिंहले सद्भावना पार्टी स्थापना गर्दा उनी सह–सचिव थिए। २०६२–६३ कोे मधेश आन्दोलनपछि उनी विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकको केन्द्रिय सदस्य थिए।
कांग्रेस प्रवेश गर्ने कारण स्पष्ट पार्दै उनले नेपाल लाइभसँग भने–‘नेपाली राजनीतिमा ध्रुवीकरण बढिरहेको बेला कांग्रेसले आदिवासी, जनजाती, मधेश सबैको माग सम्बोधन गर्छ भनेर यहाँ प्रवेश गरेको हुँ।’
फोटोः दिनेशचन्द्र थपलिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।