• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

मलेसियाको श्रम सम्झौतासँग म्यानपावर व्यवसायी किन सशंकित?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  ०१:२५
1140x725

काठमाडौं– नेपाली कामदार रोजगारीका लागि मलेसिया जान थालेको १७ वर्षपछि नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू) मा गत सोमबार हस्ताक्षर भएको छ। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले समझादारीपत्रमा हस्ताक्षर गरेका थिए। 

_x000D_ _x000D_

सोमबार नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति सम्बन्धी श्रम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेर स्वदेश फर्किएका मलेसियाका संशाधनमन्त्री कुलासेगरानले मलेसिया सरकारले आप्रवासी कामदार सरकारीस्तरबाटै आपूर्ति गर्ने त्यहाँको संसदमा जवाफ दिएका थिए।

_x000D_ _x000D_

मन्त्री कुलासेगरनले बुधबार मलेसियाली संसदमा नेपालसँग भएको श्रमिक आदान–प्रदान सम्बन्धी द्विपक्षीय सहमति ‘जीटुजी’ मोडलको भएको बताउँदै मलेसिया कामदार आपूर्ति गर्दा निजी संस्था आवश्यक नपर्ने संसदमा जानकारी गराएका थिए। उनले नेपालसँग भएका समझादारी अन्य देशसँग भएको जस्तै भएकाले नेपालबाट पनि सरकारले नै कामदार आपूर्ति गर्ने बताए। 

_x000D_ _x000D_

मलेसियासँग हस्ताक्षर भएसँगै वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका म्यानपावर व्यवसायीले उक्त सम्झौतामा रहेको केही बुदाँमा असहमित जनाउदै विरोध गरिरहेका छन्। कामदार मलेसिया पठाउदाँ व्यवसायीले पाउने लगायत खर्चका विषयमा उनीहरुले असहमति जनाएका छन्।

_x000D_ _x000D_

मलेसियाली मन्त्रीले संसदमा नेपालसँग भएका श्रम सम्झौता जिटुजी नै भएको जवाफ दिएपछि व्यवसायी अझ धेरै सशंकित भएका छन्। व्यवसायीलाई झुकाएर सरकारले मलेसियासँग श्रम समझादारी गरेको उनीहरुको आशंका छ।

_x000D_ _x000D_

व्यवसायीले समझादारी पत्रमा हस्ताक्षर भएपछि सेवा सुविधाका विषयमा असन्तुष्टी जनाउदै आएका छन्। यो विषयमा वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रोहन गुरुङले नै सार्वजानिक रुपमा विरोध गरिरहेका छन्।

_x000D_ _x000D_

नेपाल र मलेसिया सरकारबिच भएको समझादारीको शैली मात्र फरक भएको तर, कामदार आपूर्ति पुरानै प्रणालीबाट हुने अध्यक्ष गुरुङले बताए। उनले भने, ‘समझादारीका भएका केही विषय परिवर्तन नगरे व्यवसायीले तत्काल मलेसिया कामदार पठाउने सहमत हुँदैन्। सरकारले एओयुमा हस्ताक्षर गर्दा व्यवसायीलाई संलग्न नगेर उपेक्षा गरेको छ। मुख्य होल्डर व्यवसायी नै श्रम सम्झौतामा समावेश गराइएन किन?।’ '

_x000D_ _x000D_

व्यवसायीले वेवास्ता गरेर सरकारले सम्झौता गरेको भन्दै त्यसको विरोधमा व्यवसायीहरू उत्रिएको उनको भनाइ छ। मलेसिया करिब ४ सय म्यानपावरले कामदार आपूर्ति गदै आएका छन्। 
_x000D_ सरकारले २०७२ सालमा सरकारले लागू फ्रि भिसा र फ्रि टिकटको विरोध गदै म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका थिए। व्यवसायीले त्यसबेला १७ दिन तत्कालीन श्रम राज्य मन्त्री टेकबहादर गुरुङका विरोधमा आन्दोलन गरेका थिए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

विज्ञ भन्छन्– विरोध औचित्यहीन
_x000D_ नेपाल र मलेसियाबिच भएको श्रम सम्झौताका विषयमा म्यानपावर व्यवसायीले गरेको विरोध औचित्यहिन भएको वैदेशिक रोजगारविज्ञ डा गणेश गुरुङले बताएका छन्। ‘सरकारले सरकारीस्तरबाटै कामदार आपूर्ति व्यवसायी हाल कामदारसँगै लिदै आएअनुसार रकम असुल्न पाउँदैन।

_x000D_ _x000D_

जसका कारण उनीहरु मलेसियासँग भएका श्रम सम्झौताका विरोध गरिरहेका छन्। सम्झौता भएपछि पहिला जस्तो मलेसिया जाने कामदारसँग पैसा लिन नमिल्ने भएपछि उनीहरुले विरोध गरिरहेका छन्।’ उनले भने। 

_x000D_ _x000D_

सरकारले यस्ता विषयमा वास्ता नगरी मलेसियासँग भएका श्रम सम्झौता कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। सरकारले सरकारीस्तरबाटै कामदार आपूर्ति गर्दा रोजगारीमा नाममा भइरहेको आर्थिक शोषणसँगै ठगिको अन्त्य हुने र रोजगारीमा जाने कामदार पनि सुरक्षित हुने डा गुरुङको बुझाइ छ। 

_x000D_ _x000D_

श्रम सम्झौताअघि मलेसिया जाने कामदारसँग एक लाख असुली
_x000D_ सरकारले मलेसिया जाने कामदारका हकमा १० हजारमात्र सेवा शूल्क तोकेको छ। तर, मलेसिया कामदार आपूर्ति गदै आएका म्यानपावर व्यवसायीले प्रतिकामदार ९० हजारदेखि १ लाख ४० हजारसम्म लिने गरेका थिए। मलेसिया गइ समस्यामा परेर स्वदेश फर्किएका  कामदारले वैदेशिक रोजगार विभागमा गरेको उजुरीका आधारमा उक्त तथ्य थाहा पाउन सकिन्छ। 

_x000D_ _x000D_

पछिल्लो समय भएको श्रम सम्झौतामा मलेसिया कामदार आपूर्ति गरेबापत म्यानपावर व्यवसायीले श्रमिकको आधा महिनाको तलब रोजगारदाता कम्पनीले उपलब्ध गराउने छ। नेपालबाट मलेसिया जाने कामदारसँग व्यवसायीले रकम उठाउन पाउँदैन।

_x000D_ _x000D_

यदि मलेसिया जाने कामदारसँग पैशा लिएको थाहा पाए मलेसिया सरकारले उक्त म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्ने छ। 

_x000D_ _x000D_

मलेसियासँग भएको श्रम सम्झौतापछि व्यवसायीले कामदारसँग मनपरी रकम उठाउन नपाउने भएकाले पनि पनि उक्त समझदारीको विरोध गरेको रोजगारविज्ञको भनाइ छ। मलेसियाको रोजगारी खुलेपछि म्यानपावर व्यवसायीले कामदार कुनै  शूल्क पाउँदैन। जसका कारण पनि व्यवसायीले मलेसियासँग भएका श्रम समझादारीको कडा विरोध गरिरहेका छन्।

_x000D_ _x000D_

हाल, मलेसिया करिब ४ सय म्यानपावर कम्पनीले कामदार आपूर्ति गदै आएका छन्।  श्रम मन्त्रालयले यो विषयमा भने केही प्रतिक्रिया दिएको छैन। 

_x000D_ _x000D_

श्रम समझादारीमा स्वास्थ्य परीक्षण, भिसा स्ट्याम्पिङ, सेक्युरिटी क्लियरेन्स, राहदानी सकंलन र मेडिकलपूर्व अनलाइन रजिस्ट्रेसन शीर्षकमा लिने रकम मलेसियामा काम गरेको पहिलो महिनाको तलबसँगै कामदारको खातामा रोजगार कम्पनीले बेहोर्ने गरी सहमति भइ हस्ताक्षर भएको श्रम मन्त्रालयको दाबी छ। तर, यो विषयमा प्रष्ट सम्झौतामा उल्लेख नभएको व्यवसायीको आरोप छ।

_x000D_ _x000D_

नेपाल सरकारले गत जेठ दुई गते बन्द गरिएका बायोमेट्रिक, भीएलएन, माइग्राम्स, आइसी र जीएससी संस्थाको खारेजी गरेको संस्थालाई पूर्ण रुपमा बन्द गरी अर्को प्रक्रियाबाट कामदार लिने व्यवस्था गर्न मलेसिया सरकारसँग नेपालको शर्त थियो। तर, मलेसियाले अर्को व्यवस्था नभएसम्म पुरानै संयन्त्रकमार्फत कामदार लिने गरी सम्झौता भएको छ। यो विषयमा के सम्झौता भएको छ भने विषय बाहिर आएको छैन।

_x000D_ _x000D_

श्रम समझदारीपछि कामदार पाउने सुविधा
_x000D_ समझदारीपछि मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, ओहोरदोहोर हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँचलगायत शुल्क रोजगारदाताले नै ब्यहोर्र्ने, नेपाली कामदारले आफ्नो पासपोर्ट आफैसँग राख्न पाउने, कामदारका परिवारमा आफन्तको मृत्यु भएमा १५ दिनको छुटी पाउने र  कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ तारिख बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने विषयमा समावेश गरिएको छ।

_x000D_ _x000D_

करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको मलेसियामा २ लाख हजार सुरक्षागार्ड नै रहेको अनुमान छ। मलेसियाली नागरिकको रोजगारीमा नेपाली सुरक्षा गार्ड पर्छन्। मलेसियाले पनि सुरक्षा गार्ड नै प्राथामिकतामा राखेर लैजान खोजेको छ। नेपालबाट मलेसियाले औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको थियो। 
_x000D_  

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  ०१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्