• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

गौचन हत्यामा दरबारको पेस्तोल, समीर जोगाउन राधेलाई खोर

64x64
नारायण अधिकारी बिहीबार, कात्तिक १५, २०७५  १०:२०
1140x725

काठमाडौं– गुन्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी उर्फ चरी २०७० असार २१ गते एमालेको कार्यक्रम सकेर धादिङ सदरमुकामबाट गाडीमा काठमाडौं फर्कंदै थिए। 

_x000D_ _x000D_

तत्कालीन समयमा एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्षसमेत रहेका चरीमाथि बेलुका ५ बजेतिर काठमाडौंको गुर्जुधारामा गोली प्रहार भयो। पाखुरामा गोली लागेका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइयो।

_x000D_ _x000D_

गोली हान्ने व्यक्ति फरार भएकाले प्रहरीले व्यापक खोजी थाल्यो। घटनाको तीन दिनपछि २४ गते धादिङकै गुन्डा नाइके राधे भनिने राधाकृष्ण भण्डारीले आफूले गोली हानेको भन्दै दरबारमार्ग प्रहरीमा आत्मसमर्पण गरे। त्यसबेला दरबारमार्गका प्रहरी निरीक्षक थिए, हालका डिएसपी कुमुद ढुंगेल।

_x000D_ _x000D_

आत्मसमर्पण गरेका राधेलाई हनुमान ढोका लगियो। धादिङ बजारबाटै चरीलाई पछ्याउँदै गुर्जुधारा पुगेपछि गोली हानेको प्रहरीसमक्ष उनले बयान दिएका थिए। बयानमा गोली हानेको पेस्तोल चरीकै भएको उल्लेख छ। राधेको बयानपछि प्रहरीले साउन १३ गते चरीलाई पनि हातहतियार मुद्दामा पक्राउ गर्‍यो। पछि दुवै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा रिहा भए। त्यसबेलासम्म गोली हानिएको पेस्तोल प्रहरीले फेला पार्न सकेको थिएन।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb

तर, घटनाको पाँच वर्षपछि चरीलाई हानेको गोलीबारे नयाँ रहस्य खुलेको छ। 

_x000D_ _x000D_

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको आरोपमा कात्तिक १२ गते पक्राउ परेका रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामाको बयानपछि उक्त रहस्य प्रहरीले फेला पारेको हो।

_x000D_ _x000D_

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चरीलाई अम्बरले गोली हाने, सरेन्डर गराइयो राधेलाई
_x000D_ गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत हाल केन्द्रीय कारागारमा छन्। राधेले चरीलाई गोली हानेको भनेर दिइएको झुटो बयानको सबै योजना समीरकै भएको तथ्य पनि खुलेको छ। 

_x000D_ _x000D_

समीरमान, कुमार घैंटे, चरी पहिला एउटै समूहमा रहेर गुन्गडार्दी गर्थे।

_x000D_ _x000D_

लेनदेन विवाद र चरीको रवाफ पनि बढ्न थालेपछि समीरमानले चरीलाई 'साइज'मा ल्याउन गोली हान्ने योजना बनाएका थिए। गोली हान्नका लागि तयार पारिएको थियो, अम्बरबहादुर रानामगरलाई। जसलाई गौचन हत्यामा अपराध महाशाखाले पक्राउ गरिसकेको छ।

_x000D_ _x000D_

त्यसबेला उनी बहालवाल सेना थिए। अम्बरले बयानमा भनेका छन्, ‘चरीलाई समीरकै योजनामा मैले गोली हानेको हुँ। राधेलाई केही आर्थिक प्रलोभन देखाएर समीरले आत्मसमर्पण गर्न लगाएको हो।’

_x000D_ _x000D_

बहालवाल सेनामै रहेकाले पक्राउ पर्ने र सबै पोल खुल्ने डरले चलाखीपूर्ण तरिकाले राधेलाई समीरमानले आत्मसमर्पण गर्न लगाएको अहिले अनुसन्धानबाट खुलेको छ।

_x000D_ _x000D_

घटनाबारे जानकारी दिँदै अम्बरले प्रहरीसँग भनेका छन्, ‘चरीसँगै गाडीमा अर्का एक नेता जस्ता व्यक्ति थिए। उनलाई जोगाउन खोज्दा चरीको पाखुरामा मात्रै गोली लाग्यो। नभए 'स्पट डेथ' हुन सक्थ्यो।’

_x000D_ _x000D_

त्यसबेला चरीलाई गोली हान्ने पेस्तोल पनि समीरले नै उपलब्ध गराएको अनुसन्धानबाट खुलेको स्रोतले बतायो। जबकि राधेले चरीकै पेस्तोलबाट उनलाई गोली हानेको भन्दै झुटो बयान दिएका थिए। त्यसबेलै प्रहरीले गतिलो अनुसन्धान गरेको भए समीरमान, राधे र अम्बर त्यसबेलै पक्राउ पर्न सक्ने एक प्रहरी अधिकारी बताउँछन्।

_x000D_ _x000D_

आफूमाथि भएको आक्रमणको बदला लिन भन्दै चरीले ५ महिनापछि २०७० पुस १५ गते काठमाडौं ढुंगेधारामा राधेमाथि नै खुकुरी प्रहार गरेका थिए। उनको घुँडा, ढाड र शरीरको अन्य भागमा चोट लागेको थियो। त्यसपछि चरी प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा परे। अन्तत: शंकास्पद तरिकाले उनको भीमढुंगामा हत्या भयो। 

_x000D_ _x000D_

चार वटा योजना फेल भएपछि गौचनको हत्या 
_x000D_ अपराध महाशाखाले चार जनालाई पक्राउ गरेपछि गौचन हत्याको पर्दा पनि खुल्दै गएको छ। अनुसन्धानका अनुसार चार वटा योजना फेल भएपछि गौचनलाई 'टार्गेट' गरेर हत्या गरेको देखिएको छ।

_x000D_ _x000D_

महानगरीय प्रहरी अपराध महाशाखामा प्रमुख थिए, हालका आइजिपी सर्वेन्द्र खनाल। उनी महाशाखामा भएकै बेला २०७३ असार १० गते गुन्डा जसवन्त राईलाई खुट्टामा गोली हानी बबरमहलबाट पक्राउ गरियो। उपचारका क्रममा ट्रमा सेन्टरका एक डाक्टरले 'उपचार हुँदैन खुट्टा काट्नुपर्छ' भनेका थिए। समीरले खुट्टा नकाटी उपचार गराउन दबाब दिए। 

_x000D_ _x000D_

— योजना १ —

_x000D_ _x000D_

ट्रमा सेन्टरमा उपचार सम्भव नभएको भन्दै राईलाई ग्रान्डी अस्पताल लगियो। खुट्टा काट्नुपर्छ भन्ने डाक्टरलाई मार्ने योजना समीरले बनाए। डाक्टरलाई मार्ने योजना बनाएर समीरले त्यसबेला सेनाका भगौडा अम्बरलाई ट्रमा पठाए। तर उनले डाक्टर नभई गुन्डा भनेर अम्बरलाई परिचय गराएका थिए। 

_x000D_ _x000D_

पछि गोली हान्न लागेका व्यक्ति डाक्टर नै भएको थाहा पाएपछि अम्बर गोली नहानी फर्किएको अनुसन्धान क्रममा खुलेको छ। 

_x000D_ _x000D_

— योजना २ —

_x000D_ _x000D_

समीरको समूहलाई जसरी पनि आतंक सिर्जना गरेर पैसा असल्नु थियो। समीरको समूहले त्यसपछि टार्गेट बनायो मिलन चक्रेलाई। त्यसबेला स्थानीय चुवानमा सुरक्षा थ्रेट भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले मिलन र दीपक मनाङेलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। उनीहरुलाई पक्राउ गर्दा काठमाडौं प्रमुख थिए, एसएसपी छविलाल जोशी। चक्रे हिरासतमा भएको थाहा पाएपछि समीर समूह त्यहाँबाट ब्याक भएको थियो। 

_x000D_ _x000D_

— योजना ३ —

_x000D_ _x000D_

समीरमान समूहले तेस्रो टार्गेट बनाएको थियो, चाबहिलका अर्का गुन्डा नाइकेमाथि। पक्राउ परेका अम्बरले यो रहस्य प्रहरीसामु बताइसकेका छन्। टार्गेट गरिएका उनी देशबाहिर भएको थाहा पाएपछि यो योजना पनि तुहिएको थियो।

_x000D_ _x000D_

— योजना ४ —

_x000D_ _x000D_

समीर समूहको चौथो टार्गेटमा परे गुन्डा नाइके दावा लामा। दिव्य पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै दावामाथि गोली हानियो। काठमाडौंका तत्कालीन एसएसपी छविलाल जोशीलाई फोन गरेर लोप्साङ लामाले घटनाको जिम्मा लिए। उनी गौचन हत्या कान्डमै पक्राउ परिसकेका छन्।

_x000D_ _x000D_

दावा घाइते भएपछि 'घाइते बाघलाई राख्नु हुँदैन सिध्याउनुपर्छ' भन्दै फेरि उनैलाई टार्गेट बनाइयो। त्यसको डेढ महिनापछि अम्बरलाई नै दावाको रेकी गर्न पठाइयो। दावा देशबाहिर भएको थाहा पाएपछि उक्त योजना पनि सफल हुन सकेन।

_x000D_ _x000D_

चार-चार वटा योजना असफल भएपछि पाँचौ योजनाको रुपमा समीरले गौचनलाई टार्गेट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

_x000D_ _x000D_

समीरकै योजनामा गौचनलाई अम्बरले गोली प्रहार गरेका थिए। 'गौचन एकदम नामुद गुन्डा हो। यसलाई मार्‍यो भने बोराका बोरा पैसा आउँछ' भन्दै आफूलाई गोली हान्न लगाएको अम्बरले स्विकारेका छन्।

_x000D_ _x000D_

गौचनको हत्यामा दरबारको पेस्तोल 
_x000D_ गौचन हत्यामा अहिलेसम्म मुख्य योजनाकार समीरमानसिंह बस्नेत, राजीव स्याङ्तान, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, लोप्साङ लामा, अम्बरबहादुर राना, श्यामबहादुर गुम्बे, रोशन बुढाथोकी पक्राउ परिसकेका छन्। सोही हत्यामा जोडिएका  मनोज पुन भने २०७४ फागुन ९ गते रुपन्देहीको 'इन्काउन्टर'मा मारिए।

_x000D_ _x000D_

अजय थापा र गंगा लिङ्देन भने अझै फरार छन्। 

_x000D_ _x000D_

सिआइबीले पक्राउ गरेर सार्वजनिक गर्दा पनि मुख्य योजनाकार समीरले गौचनसँगको लेनदेनको विवाद भएकाले हत्या गरेको बताएका थिए। 

_x000D_ _x000D_

उनको हत्यामा समीरले अम्बरलाई पेस्तोल उपलब्ध गराएका थिए। अर्को पेस्तोल भने भारतबाट ल्याइएको थियो। समीरले उपलब्ध गराएको ९ एमएमको पेस्तोल भने राजदरबारको भएको प्रहरी स्रोतको दाबी छ। दरबारको पेस्तोल कसरी समीरको हातमा पुग्यो भन्ने चाहिँ खुलिसकेको छैन। लामो अनुसन्धान गरेपछि प्रहरीले उक्त पेस्तोल दरबारको भएको दाबी गरेको हो। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘समीरका बुवा दरबारमा मालीको रुपमा काम गर्थे। दरबारमै काम गरबापत उनले उक्त पेस्तोल उपहार पाए वा अन्य कुनै माध्यमबाट फुत्काए, त्यो हामी भन्न सक्दैनौं।'

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ३ गते हत्या भयो। उनको हत्यामा आफैले गोली चलाएको लोप्साङले प्रहरीसामु स्विकारिसकेका छन्। समीरमानको निर्देशनमा गोली हानेको र त्यसबापत भारतको हिमाञ्चल प्रदेशस्थित मनालीमा आफूलाई १५ हजार रुपैयाँ उपलब्ध गराएको लोप्साङको भनाइ छ।

_x000D_ _x000D_

दावा र गौचनको केसमा गोली आफूले नहाने पनि समीरको निर्देशनमा घटनाको जिम्मा उनले नै लिइसकेका छन्। उनीहरुको हत्यामा प्रयोग भएको पेस्तोल भने एउटै भएको पत्ता लागेको छ।

_x000D_ _x000D_

समीरकै निकट एक व्यक्तिले दावालाई गोली हान्न सीतापाइलामा भेट गरी अम्बरलाई उक्त ९ एमएम पेस्तोल दिएका थिए। गोली हानेपछि पेस्तोल समीरलाई नै फिर्ता गरेको अम्बरले बताएका छन्। त्यही पेस्तोलबाटै गौचनको हत्या गरियो, जुन प्रहरीले बरामद गरिसकेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्