• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुन आयोगको अध्यक्ष कानुनमन्त्री हुने विधेयकप्रति सत्तारूढ दलका सांसद न्यौपानेको संशोधन प्रस्ताव

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३०, २०८३  १९:३०
1140x725

काठमाडौं– नेपाल कानून आयोगलाई सरकारको प्रत्यक्ष प्रभावबाट मुक्त राख्दै स्वतन्त्र, विशेषज्ञतामूलक र उत्तरदायी निकायका रूपमा विकास गर्नुपर्ने मागसहित नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३ मा व्यापक संशोधन प्रस्ताव दर्ता भएको छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १११ बमोजिम पेश गरिएको संशोधन सूचनामा विधेयकका विभिन्न दफा तथा अनुसूचीमा २२ वटा संशोधन प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव सत्तारुढ दलकै सांसद यज्ञमणि न्यौपानेले गरेको हुन् । न्यौपानेको संशोधन प्रस्तावले आयोगको संरचना, पदाधिकारीको नियुक्ति, योग्यता, पदावधि, कार्यक्षेत्र, विशेषज्ञ व्यवस्थापन, प्रदेश तथा स्थानीय तहका कानून निर्माणदेखि संसद्प्रतिको उत्तरदायित्वसम्मका विषयमा प्रश्न उठाएको छ।

मन्त्री अध्यक्ष हुँदा आयोगको स्वतन्त्रता प्रभावित हुने चिन्ता
संशोधन प्रस्तावको मुख्य चासो आयोगको नेतृत्वसँग जोडिएको छ। प्रस्तावित व्यवस्थाअनुसार आयोगको नेतृत्व मन्त्रीमा रहने विषयप्रति प्रश्न उठाउँदै मन्त्री अध्यक्ष हुँदा आयोगको स्वतन्त्रता र दीर्घकालीन कानून अनुसन्धान राजनीतिक प्राथमिकताबाट प्रभावित हुन सक्ने उल्लेख गरिएको छ।

संशोधनकर्ताले नेपाल कानून आयोगलाई मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा रहने निकायभन्दा स्वतन्त्र र विशेषज्ञतामूलक वैधानिक कानून सुधार निकायका रूपमा विकास गर्नुपर्ने तर्क गरेका छन्।

भारतमा कानून आयोग गैरवैधानिक निकाय भए पनि कानून सुधारसम्बन्धी अध्ययन गर्ने, बेलायतमा स्वतन्त्र वैधानिक कानून आयोग रहेको तथा अष्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडालगायतका मुलुकमा कानून सुधारका निकाय अनुसन्धान, विशेषज्ञता र प्रमाणमा आधारित हुने उदाहरणसमेत संशोधन प्रस्तावमा दिइएको छ।

राजनीतिक दलको सदस्यता र नियुक्तिको पारदर्शितामा पनि प्रश्न
संशोधन प्रस्तावमा आयोगका पदाधिकारीका लागि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने व्यवस्था स्पष्ट गर्न माग गरिएको छ। गम्भीर फौजदारी कसुरसम्बन्धी अयोग्यतासमेत स्पष्ट गर्न प्रस्ताव गरिएको छ।

त्यस्तै सदस्यको पदावधि पाँच वर्ष कायम गर्ने र पदबाट हटाउने आधार स्पष्ट पार्ने प्रस्ताव गरिएको छ। नियुक्ति प्रक्रिया कम पारदर्शी तथा कार्यपालिकामुखी हुन सक्ने जोखिम औँल्याउँदै पदाधिकारी छनोट र हटाउने व्यवस्था थप स्पष्ट हुनुपर्नेमा जोड दिइएको छ।

आयोगको संरचनामा ‘अध्यक्ष’ र ‘मानार्थ सदस्य’लाई ‘सदस्य’को परिभाषाबाट हटाउने प्रस्ताव गरिएको छ। तर यस्तो परिभाषा परिवर्तनले आयोगको अन्य संरचनागत व्यवस्थामा अर्थगत अस्पष्टता आउन सक्ने विषयसमेत संशोधन प्रस्तावमा उठाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश र स्थानीय तहका कानूनमा पनि आयोगको भूमिका बढाउने प्रस्ताव

विधेयकमा प्रदेश तथा स्थानीय तहका लागि कानूनको मस्यौदा तयार गर्ने र नमूना कानून निर्माण गर्ने अधिकार थप गर्ने प्रस्ताव छ। तर जटिल विषयमा ९० दिनभित्र पर्याप्त अनुसन्धान, परामर्श र मस्यौदा तयार गर्न कठिन हुन सक्ने तथा सबै प्रदेश वा स्थानीय तहमा एउटै नमूना कानून लागू गर्दा स्थानीय विविधता सम्बोधन नहुन सक्ने जोखिम औँल्याइएको छ।

त्यस्तै आयोगलाई कानून तर्जुमासँग सम्बन्धित अनुसन्धान, प्रशिक्षण र अभिमुखीकरण सञ्चालनमा राष्ट्रिय न्यायिक प्रतिष्ठानसँग सहकार्य गर्ने व्यवस्था थप गर्न प्रस्ताव गरिएको छ।

संसद्प्रतिको उत्तरदायित्व कमजोर नहोस् भन्ने जोड
वार्षिक प्रतिवेदन पेश गर्ने व्यवस्था परिवर्तन गर्दा संसद् र जनताप्रतिको प्रत्यक्ष उत्तरदायित्व कमजोर हुन सक्ने भन्दै संशोधन प्रस्ताव गरिएको छ।

Xtrem

Xtrem

आयोगलाई आन्तरिक निर्देशिका तथा कार्यविधि बनाउने अधिकार दिँदा ऐनले तोकेको सीमाभन्दा बाहिर नयाँ दायित्व सिर्जना हुन सक्ने जोखिमसमेत औँल्याइएको छ।

यसैगरी विशेषज्ञको सेवा व्यवस्थापनलाई संस्थागत बनाउने प्रस्तावसँगै विशेषज्ञ छनोटको ‘रोस्टर’ पारदर्शी नभए सीमित व्यक्ति वा निकट समूहले मात्र अवसर पाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

कानून निर्माणको मुख्य निकाय बनाउने प्रस्तावमा पनि कार्यभारको प्रश्न
दफा २१ मा आयोगलाई विधेयकको मस्यौदा तयार गर्ने प्रमुख निकायका रूपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ। तर सबै विधेयकको मस्यौदा आयोगमार्फत मात्रै तयार गर्दा आयोगमा अत्यधिक कार्यभार पर्न सक्ने भन्दै कार्यक्षमता र स्रोतसाधनको स्पष्ट व्यवस्था आवश्यक रहेको उल्लेख छ।

संशोधन प्रस्तावमा आयोगको जनशक्ति, बजेट, तथ्यांकमा पहुँच, अनुसन्धान विधि, डिजिटल अभिलेखको अद्यावधिक तथा आधिकारिक संस्करण र साइबर सुरक्षाजस्ता विषय पनि स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याइएको छ।

समग्रमा, प्रस्तावित संशोधनले नेपाल कानून आयोगलाई राजनीतिक नेतृत्वको प्रभावबाट जोगाउँदै अनुसन्धान, विशेषज्ञता, प्रमाण र संस्थागत स्वतन्त्रतामा आधारित कानून सुधारको निकाय बनाउने विषयलाई केन्द्रमा राखेको देखिन्छ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय बैठकमा चाडपर्व तथा सांसदहरूको जिल्ला भ्रमणलगायतका विषयलाई ध्यानमा राख्दै सुनुवाइ दसैँपछि गर्नुपर्ने मतसमेत उठेको थियो। तर, विभिन्न म... मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र  कोषाध्यक्ष उमेश श्रेष्... मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्