• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

खर्च–चरनको उपयोगमा कानुनी झन्झट, गाँठो फुकाउन माग

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३०, २०८३  १८:३४
1140x725

काठमाडौं– नेपालको ठूलो भूभाग ओगटेको खर्क तथा चरन क्षेत्रको उपयोगमा कानुनी झन्झट मुख्य बाधक बनेको विषय राष्ट्रिय सभाको छलफलमा उठेको छ। वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र भूमिसम्बन्धी कानुनबीचको असमझदारीका कारण खर्कको संरक्षणसँगै त्यसबाट लिन सकिने आर्थिक लाभ, पशुपालन र रोजगारीका सम्भावना नै खुम्चिएको विषयमा सरोकारवालाले प्रश्न उठाएका छन्।

मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आयोजना गरेको बहुसरोकारवाला छलफलमा खर्क तथा चरन क्षेत्र कसको अधिकारक्षेत्रमा पर्छ, त्यसको उपयोग कसरी गर्ने र फरक–फरक कानुनका कारण देखिएका अड्चन कसरी हटाउने भन्ने विषयमा बहस भएको हो।

नेपालको कुल भूभागको १४.७ प्रतिशत जमिन खर्क तथा चरन क्षेत्र रहेको तथ्यांक भए पनि त्यसको व्यवस्थित उपयोग हुन नसकेको विषय छलफलमा उठेको थियो। विशेषगरी हिमाली क्षेत्रमा याक, चौँरीलगायत पशुपालनका लागि महत्वपूर्ण रहेका खर्कमा पुग्ने, चरन प्रयोग गर्ने, पूर्वाधार बनाउने तथा उत्पादनलाई बजारसँग जोड्ने विषयमा कानुनी र संस्थागत समस्या रहेको सरोकारवालाको भनाइ थियो।

खर्क क्षेत्र वनसँग जोडिएको अवस्थामा वनसम्बन्धी कानुन लागू हुने, राष्ट्रिय निकुञ्जभित्र परे निकुञ्जसम्बन्धी कानुन आकर्षित हुने र भूमिसम्बन्धी विषयमा अर्को कानुनी व्यवस्था लागू हुने अवस्थाले एउटै क्षेत्रको उपयोगमा बहु–कानुनी जटिलता सिर्जना गरेको प्रश्न उठाइएको थियो।

यही विषयमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि विद्यमान कानुनी व्यवस्थाबीच तालमेल आवश्यक रहेको बताए।

उनले वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र भूमिसम्बन्धी कानुनले एकअर्कालाई सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा एउटाले अर्कोलाई विस्थापित गर्ने अवस्था देखिएको बताए।

‘वन ऐनको कुरा, राष्ट्रिय निकुञ्ज ऐनको कुरा, भूमिसँग सम्बन्धित कुरा पनि त्यसैसँग जोडिएको छ। यी सबै विषयलाई अलिकति व्यापक रूपमा छलफल गर्नुपर्छ।’

कानुन मात्रै होइन, आर्थिक सम्भावना पनि ओझेलमा

Ncell 2
Ncell 2
nimb
nimb

छलफलमा खर्क तथा चरन क्षेत्रलाई संरक्षणको नाममा मात्रै हेर्दा त्यसबाट प्राप्त हुन सक्ने आर्थिक लाभसमेत गुमिरहेको विषय उठेको थियो।

याक, चौँरी तथा अन्य पशुपालनलाई व्यवसायीकरण गर्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुनुका साथै दुग्धजन्य तथा अन्य उत्पादनको बजार विस्तार गर्न सकिने सम्भावना भए पनि आवश्यक नीति, लगानी र व्यवस्थापनको अभाव रहेको विषयमा चर्चा भएको थियो।

दाहालले पनि खर्क तथा चरन क्षेत्रलाई आर्थिक, पर्यावरणीय र रोजगारीका दृष्टिले महत्वपूर्ण स्रोतका रूपमा लिनुपर्ने बताए। नेपालमा बेरोजगारीको समस्या रहेको अवस्थामा आफ्नै देशमा रहेका सम्भावनालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष दाहालले याक र चौँरीबाट उत्पादित वस्तुले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सक्ने भए पनि त्यसको दीर्घकालीन विकासमा राज्यको ध्यान पुग्न नसकेको बताए।

Xtrem

Xtrem

‘याक, चौँरी, त्यसबाट उत्पादित विषयवस्तुले अन्तर्राष्ट्रिय क्षेत्रमा अलिकति ख्याति प्राप्त गर्‍यो भने हामी खुसी चाहिँ भयंकर भइदिन्छौँ। तर त्यसलाई संरक्षण गर्ने, विकास गर्ने र त्यसका लागि गरिनुपर्ने सबै विषयमा हाम्रो फेरि बेवास्ता हुने, ध्यान नजाने—यो पनि हामीसँग छ।’

दाहालका अनुसार खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्न सके पशुपालन र रोजगारीसँगै खाद्य उत्पादन, पानीका मुहान संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण र भूक्षय नियन्त्रणमा समेत योगदान पुग्न सक्छ।

उनले यसका लागि भुटानको अनुभवबाट समेत नेपालले सिक्नुपर्ने बताए।

अन्ततः छलफलको निष्कर्ष खर्क जोगाउने कि उपयोग गर्ने भन्ने होइन, संरक्षण र उपयोगलाई सँगसँगै लैजाने गरी कानुनी संरचना कसरी बनाउने भन्नेमा केन्द्रित भएको थियो।

अध्यक्ष दाहालले त्यसका लागि सम्बन्धित सबै कानुन र निकायको एकीकृत अध्ययन आवश्यक रहेको बताए। खर्क तथा चरन क्षेत्रसम्बन्धी कानुनी अड्चन हटाउन राष्ट्रिय सभा पछि नपर्ने उनको प्रतिबद्धता थियो।

‘एकले अर्कोलाई बाधा दिने होइन, एकले अर्कोलाई सपोर्ट गर्ने ढङ्गले हाम्रा बुझाइ कायम गर्न जरुरी छ।’

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो। दाहालमाथि ल... मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएक... मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला सोमवार ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै कोइरालाले लोकतन्त्रमा राज्यका तीन अंगसँगै प्रेस र ना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्