काठमाडौँ– साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाले जोर्डनलाई हराएर तीन खेलबाट नौ अंक बटुल्यो र समूहको शीर्षमा रह्यो । अर्जेन्टिना यस अघि नै अर्को चरण पुगिसकेको थियो । जोर्डन भने लगातार तीन हारपछि शून्य अंकमा पुछारमा रह्यो ।
अर्जेन्टिनाले १९ औं मिनेटमा जियोभानी ले सेल्सोले फ्रि किकबाट गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसपछि लउतारो मार्टिनेजले ३१ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे । जोर्डनका लागि मुसा अल–तामरीले ५५ औं मिनेटमा एक गोल फर्काए ।
सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेको लियोनल मेसीले ८० औं मिनेटमा गोल गरे । यससँगै यसपल्टको प्रतियोगितामा मेसीको गोल संख्या छ पुगेको छ । उनले लिग चरणका तीनै खेलमा गोल गरेका छन् र सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अगाडि छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।