• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

परदेशीलाई आउँदैन दसैं : तन कम्पनीको काममा, मन गाउँघरमा

64x64
नेपाल लाइभ बुधबार, असोज ३१, २०७५  १४:०८
1140x725

काठमाडौं– देशमा यतिबेला दसैंको माहोल छ। स्वदेशमा रहेका नेपालीहरु आफन्तसँग भेटघाट र खानपिनमा मस्त छन्। पूरै देश दसैंको रमझममा रमाइरहेका बेला बाध्यताले वैदेशिक रोजगारीमा सात समुद्रपारि पुगेका नेपालीको मन भने खिन्न छ।

_x000D_ _x000D_

वर्षौंदेखि घरबाहिर बसेकाहरु पनि दसैंमा घर फर्किने गर्दछन्। आफन्तसँग भेटघाट गर्ने, मिठोमसिनो खाने र आफूभन्दा ठूलासँग टीका ग्रहण गरी दसैं मनाउने चलन छ। घर फर्किन नपाउनेले पनि विदेशमै आफ्नै तरिकाले दसैं मनाउने गरेका हुन्छन्।

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले पनि आफू कार्यरत देशमै जम्मा भएर दसैं मनाउने गरेका छन्। विदेशमा साथीभाइ मिलेर दसैं मनाए पनि मन भने स्वदेशमै हुने गरेको उनीहरु बताउँछन्। हाल ४० लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत छन्। त्यसमा २० प्रतिशत दसैंका बेला स्वदेश फर्किने गरेका छन्।  

_x000D_ _x000D_

दक्षिण कोरियामा रहेका पाँचथरका प्रेम सिग्देल चाडवाडका बेला गाँउघरको न्यास्रो लाग्ने गरेको बताँउछन्। दुई वर्षअघि कोरिया गएका प्रेमले पनि टीकाका दिन कम्पनीमा छुट्टी मागेर दसैं मनाउने गरेको सामाजिक सञ्जालमार्फत बताए।

_x000D_ _x000D_

'घर जान पाइएन, त्यही भएर साथीभाइ भेला भएर विदेशमै दसैं मनाउने योजना छ,' प्रेमले सुनाए, ‘यसवर्ष दसैंको रौनक धेरै छैन। अघिल्लो वर्ष दसैं मनाएका धेरैजसो साथी यसपटक छुट्टीमा घर फर्केकाले पनि नरमाइलो लागेको छ।’

_x000D_ _x000D_

यसपटक टीकाको दिनभर उनको कम्पनीकै होस्टेलमा दसैं मनाउन छलफल भएरहेको उनले बताए।

_x000D_ _x000D_

मलेसियामा रहेका झापाका दुर्गा काफ्ले पनि सँगै काम गर्ने साथीसँग मिलेर दसैं मनाउने सुरमा छन्।  मलेसियाको पेनांगमा २ वर्षदेखि कार्यरत दुर्गाले टीकाको दिन काम गर्दै आएको कम्पनीसँग छुट्टी बसेर दसैं मनाउने तयारी गरेको बताए।

_x000D_ _x000D_

नेपालमा हुँदा दसैं मनाएको स्मरण गर्दै उनले भने, 'खसी काटिन्थ्यो, सबै एक ठाउँ बसेर टीका लगाइन्थ्यो र परिवार साथीसँगै रमाइलो गरिन्थ्यो।'

Ncell 2
Ncell 2
_x000D_ _x000D_

लामो समयदेखि घरमा टीका लगाउन नपाए पनि साथीहरुसँगै प्रवासमा बर्सेनि दु:खसुख दसैं मनाउने गरेको उनले बताए। 'अरु बेलाभन्दा दसैंमा गाउँघरको धेरै याद आउँछ। गाउँघर फर्किनेको लर्को लाग्दा म पनि कहिले चाडपर्वमा फर्किऊँझैं लाग्छ तर छुट्टी मिल्दैन,' उनले बाध्यता सुनाए।

_x000D_ _x000D_

शुक्रवार टीका परेकाले मलेसियामामा रहेका प्रायः नेपालीले आइतबार दसैं मनाउने योजना बनाएको झापाका विष्णु काफ्लेले बताए। शुक्रबार कम्पनीमा काम हुने हुँदा बिदा मिल्दैन। 'दसैं मनाउन पनि तिथि आफैं सार्नुपर्छ,' उनले सुनाए, 'परदेशमा मनाउनु मात्रै हो। मन गाउँघरमै पुग्छ। उल्लासमय हुँदैन।’

_x000D_ _x000D_

कतारमा कार्यरत धनकुटाका गौरव घिमिरेलाई यो वर्षको दसैंमा कुनै योजना बनाउन मन लागेको छैन। कम्पनीले छुट्टी दिएर पनि दसैं मनाउन मन छैन। गाउँमा लगाएको पिङ र दसैंमा भेटघाट हुने आफ्न्तको याद भने विदेशमा धेरै आउने गरेको उनले सुनाए। 

_x000D_ _x000D_

साउदीमा रहेका झापाका लिला गिरीलाई भने यो दसैंमा खल्लोपन लागिरहेको छ। 'यस वर्ष नेपाल गएर परिवारसँग दसैं मनाउने तयारीमा थिएँ तर कम्पनीले दसैंछेक छुट्टी कटौती गरेपछि घर गएर दसैं मनाउने सपना तुहियो,' भन्छन्, 'होस्टलमा बसेर दसैं मनाउने योजना समेत काममा जानुपर्ने भएपछि पूरा हुन सकेन।’

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा रहेका नेपालीहरु मिलेसम्म एकै स्थानमा जम्मा भएर दसैं मनाउने गरेका छन्। कतिपयले दसैंमा भिडियो च्याटमार्फत अग्रजबाट टीका ग्राहण गर्ने गरेका छन्।

_x000D_ _x000D_

'नेपालमा हुँदा दसैंको रौनक बेग्लै हुन्थ्यो तर विदेशमा के चाडबाड भन्न पाउनु र?' काभ्रेका जगत दाहालले भने, 'घरमा हुँदा चाडवाडको महत्व नै बेग्लै। विदेशमा हुँदा सबैको मन अमिलिन्छ चाडबाडमा।'

_x000D_ _x000D_

नेपालीहरु १ सय १० देशमा श्रम अनुमति लिएर जाने गरेका छन् भने व्यक्तिगत तवरले १ सय ७१ देश पुगेका छन्।

प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्