काठमाडौैं– छिमेकी दिदी बहिनीलाई एसिड प्रहार गरेको अरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका–६ का रामबाबु पासवानलाई जिल्ला अदालत गौरले मंगलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।
_x000D_
_x000D_
आदेशपछि उनलाई कारागार पठाइने छ। १८ वर्षीया सम्झनाकुमारी दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता कुमारीलाई एसिड प्रहार गरेको आरोपमा पासवान पक्राउ परेका थिए।
_x000D_
_x000D_
गत भदौ २६ गते मध्य राति पासवानले सम्झना र सुस्मितामाथि एसिड प्रहार गरेका थिए। घट्नाको ४ दिनपछि उनी पक्राउ परेका थिए। घट्ना लगत्तै ईलाका प्रहरी चन्द्रनिगाहपुरले कल डिटेल्स र उनको गतिविधिको आधारमा भदौ ३१ गते पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनी अनुसन्धानको क्रममा २४ दिन हिरासत बसेका थिए। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष पेश हुँदा न्यायधिश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले मुद्दाको कामकारबाहीका लागि थुनामा राख्ने आदेश भएको अदालतका श्रेस्तादार उप सचिव गुणराज पराजुलीले बताए।
_x000D_
_x000D_
एसिड प्रहार गरेपछि घाइतेसँगै पासवान किर्तिपुर अस्पतालमा कुरुवा बस्न सँगै गएका थिए। ईलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले उनलाई अस्पतालबाट पक्राउ गरेको हो। एसडि परेर गम्भीर घाइते सम्झनाको असोज ७ गते राती उपचारकै क्रममा मृत्यु भएको थियो। सुस्मिता केहीदिन अघि उपचार पछि घर फर्केकी छन्।
_x000D_
_x000D_
उनको हातमा घाउ छ। शरीरमा एसिड परेपछि सम्झना र सुस्मितालाई चन्द्रपुर अस्पतालले थप उपचारका लागि काठमाडौ रेफर गरेको थियो। सँगै टाँसिएको घर भएका पासवान राती हरकत गरी आफ्नै घर गएका थिए।
_x000D_
_x000D_
एसिडले सम्झनाको अनुहार, घाटी, ढाड र छातीको भाग जलेको थियो। उनको २ पटक शल्यक्रिया गरिएको थियो। चिकित्सकले उनको शल्यक्रिया गरी जलेको भाग काटेर फालिए पनि बचाउन सकेनन्।
_x000D_
_x000D_
याे पनि पढ्नुहाेस् :
_x000D_
_x000D_
रौतहट एसिड आक्रमण : दास परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय
_x000D_
_x000D_
रौटहट एसिड आक्रमण : गम्भीर अवस्थामा उपचाररत सम्झना दासको मृत्यु
_x000D_
_x000D_
‘एम्बुलेन्स आएन, ४ जनालाई एउटै स्कुटरमा हालेर अस्पताल पुर्याएँ’
_x000D_
_x000D_
रौतहट एसिड प्रकरणः बिरामी कुरुवा नै पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।