• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘एम्बुलेन्स आएन, ४ जनालाई एउटै स्कुटरमा हालेर अस्पताल पुर्‍याएँ’

64x64
नारायण अधिकारी सोमबार, असोज १, २०७५  १५:२०
1140x725

काठमाडौं– रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित जादवलाल दासका दुई छोरीमाथि एसिड आक्रमण भएको एक हप्ता भइसकेको छ। जादवलालका दुई छोरी सम्झना र सुस्मितामाथि गत भदौ २६ गते राति सवा १२ बजे एसिड आक्रमण भएको थियो।

आक्रमण गरेको आशंकामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ। उनी बिरामी कुरुवाको लागि काठमाडौं समेत आएका थिए।

यसरी भयो एसिड आक्रमण

जादवलालको बनमारा झारले बारेको सानो घर छ। घर भित्रको एउटा बत्ती केही दिनदेखि बिग्रिएको छ। त्यसयता अर्को एउटा बत्तीले उनले काम चलाउँदै आएका थिए। उक्त बल्ब घर बाहिरबाट सजिलै निकाल्न सकिन्छ। भदौ २६ गते राति सवा १२ बजे बलिरहेको बत्ती झ्पाप्प निभ्छ। त्यति बेलै सँगै सुतिरहेका दिदीबहिनी सम्झना र सुस्मितामाथि एसिड बर्सिन्छ। कसले कहाँबाट एसिड आक्रमण गर्‍यो कसैले पत्तो पाँउदैनन्।

सम्झना र सुस्मिता सुत्ने ठाउँको समेत जानकारी भएको व्यक्तिले बलिरहेको बल्बलाई झिकेर एसिड आक्रमण गरेको स्पष्ट छ। तर, एसिड राखिएको भाँडो भने अहिलेसम्म फेला पर्न सकेको छैन। घटनापछि छरछिमेकका व्यक्ति भेला हुन्छन्। सबैभन्दा पहिला छिमेकी रामबाबु पासवान घटनास्थल पुग्छन्। उनैलाई अहिले प्रहरीले पक्राउ गरेको छ।

‘एम्बुलेन्स आएन, ४ जनालाई एउटै स्कुटरमा हालेर अस्पताल पुर्‍याएँ’

बत्ती निभेसँगै छोरीहरु चिच्याएपछि आमाले श्रीमान जादवलाललाई‍ फोन गरेर बोलाएकी थिइन्। जादवलालले घर नजिकै 'पुल हाउस' सञ्चालन गरेका छन्। पुल हाउसबाट उनी दौडिएर घर पुगे। छोरी रुनेक्रम रोकिएको थिएन। मात्र एसिडको तापलाई धाराको चिसो पानीले केही मात्रामा मात्रै राहत दिएको थियो।

जादवलालले तुरुन्त एम्बुलेन्सलाई फोन गरे। ‘एम्बुलेन्स आएन। छोरीहरु छट्पटाइरहेका थिए। साथीको स्कुटर मागेर श्रीमती र दुई छोरीलाई एउटै स्कुटरमा कोचेर अस्पताल पुर्‍याएँ।’

Ncell 2
Ncell 2

अस्पतालले अवस्था जटिल भन्दै काठमाडौं लैजान सल्लाह दियो। घटना भएकै राति उनले छोरीलाई काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याए। अहिले उनीहरुको उपचार भइरहेको छ।

यसरी पक्राउ परे बिरामी कुरुवा पासवान

एसिड आक्रमण भएपछि परिवारका सदस्य चिच्याएका थिए। त्यसपछि घटनास्थलमा सुरुमा उनै पासवान पुगेका थिए। छिमेकी समेत रहेका पासवान ‘घर बाहिरबाटै के भयो भन्दै कराउँदै घटनास्थल पुगेका’ थिए। जम्मा भएका अन्य व्यक्तिले के भयो भनिरहेका बेला पासवानले नै यो त एसिड हुनसक्छ भनेको सम्झनाका बुवा जादवलालले नेपाल लाइभलाई सुनाए। त्यसेबला नै परिवारले उनीमाथि आशंका गरिसकेका थिए।

यो सबै कुरा प्रहरीले थाहा पाएपछि पासवानमाथि निगरानी बढाएको थियो। पासवानलाई थाहै नदिई सादा पोशाकमा प्रहरी काठमाडौं आएका थिए। अस्पतालमा बस्दा पासवानले गरेका गतिविधि नजिकबाट प्रहरीले नियाली रहेको थियो। प्रहरीकै सल्लाहअनुसार जादवलालले आइतबार पासवानलाई कल डिटेलबाट प्रहरीले एसिड आक्रमण गर्ने व्यक्ति फेला पर्ने भन्दै सुनाएका थिए।

जादवलालको कुरा सुनेपछि पासवानले कालो अनुहार पारे। त्यसको केही समयपछि जादवलालले पासवानको मोबाइल फोन मागे। पासवानले मोबाइल हराएको बताए। त्यसपछि झनै शंका भएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अन्दाजी ५० वर्षीय पासवानको जादवलालकी जेठी छोरी सम्झनासँग फोनमा कुराकानी हुने गरेको समेत प्रहरीले पत्ता लगाएको छ। एसिड आक्रमण भएपछि घटनास्थल पुगेको प्रहरीले सम्झनाको मोबाइल बरामद गरेको थियो। उक्त मोबाइलबाट पनि धेरै कुरा खुलेकाले पासवानलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

बिरामी कुर्न आएका पासवानलाई प्रहरीले कीर्तिपुर अस्पतालबाटै पक्राउ गरेर आजै रौतहट लगेको छ। यद्यपी, उनी माथि लागेको आरोप भने पुष्टि हुन बाँकी रहेको रौतहटका एसपी खिलराज ढकालले बताए।

चरम पीडामा छे छोरी–बाबु जादवलाल

जादवलालकी कान्छी छोरी सुस्मिताकोे दायाँ हात डढेको छ। उनी समान्य बिरामी छिन्। जेठी छोरी सम्झना भने आइसियुको ५ नम्बर बेडमा छट्पटाइरहेकी छिन्। ‘कम्मर भन्दा माथिको सबैजसो भाग डढेको छ। न सुत्न मिल्छ, न बस्न मिल्छ। चरम पीडामा छट्पटाइरहेकी छे मेरी छोरी’, जादवलालले घोसेमुन्टो लगाएर पीडा सुनाए, ‘उपचार गर्न खर्च पनि छैन।’

उनको उपचारमा डा सुरेन्द्र बस्नेत खटिएका छन्। उनका अनुसार अवस्था ‘क्रिटिकल’ छ। ‘शरीरको ६५ प्रतिशत भाग जलेको छ। यो भनेको एकदमै क्रिटिकल अवस्था हो। अहिल्यै केही भन्नसक्ने अवस्था छैन’, उनले सुनाए।

नाजुक आर्थिक अवस्था, उपचारमा समस्या

जादवलाल आइसियु अगाडिको कुरुवा बस्ने बेन्चमा बसेर भान्जा नाता पर्ने व्यक्तिलाई सोध्दै थिए, ‘बैंकमा खाता खोलियो भने सहयोग आउलानी, हैन?, कुन बैंकमा खोल्ने हो, के–के चाहिन्छ?’, जादुलालका यिनै प्रश्नले नै प्रष्ट्याएको थियो दास परिवारको आर्थिक अवस्था।

जादवलालको सम्पत्तिको नाममा चन्द्रपुर नगरपालिका–६ मा सानो बनमारा झारले बारेको छाप्रो र त्यसैको वरपरको थारै जग्गा मात्र छ। भएको जग्गा पनि बन्धकी राखेर ऋण लिएका छन् उनले। २ वर्षमा तिर्ने गरी ४ लाख ऋण लिएको पनि ६ महिना भइसकेको छ। ऋण लिएर सञ्चालन गरिएको ‘पुल हाउस’ पनि एसिड कान्डपछि बन्द छ। 

उता बन्धकीको ऋण त छदै‌ छ, अहिले एसिड आक्रमणबाट घाइते भएकी छोरीको उपचार कसरी गर्ने भन्ने नै समस्या छ उनलाई। ‘अहिलेसम्म २ लाख ५० हजार रुपैयाँ लागिसक्यो। अझै कति लाग्छ थाहा छैन। अहिलेसम्म साथीभाइ, आफन्तको सहयोगमा चलेको, अब छोरीको उपचार कसरी गराउनु?’, जादवलालले आफैंलाई सोधिएको प्रश्नको जवाफमा पनि प्रश्नमै दिए। सहयोगकै भरमा छोरी बचाउने आशामा छन् उनी।

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्