• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘एम्बुलेन्स आएन, ४ जनालाई एउटै स्कुटरमा हालेर अस्पताल पुर्‍याएँ’

64x64
नारायण अधिकारी सोमबार, असोज १, २०७५  १५:२०
1140x725

काठमाडौं– रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित जादवलाल दासका दुई छोरीमाथि एसिड आक्रमण भएको एक हप्ता भइसकेको छ। जादवलालका दुई छोरी सम्झना र सुस्मितामाथि गत भदौ २६ गते राति सवा १२ बजे एसिड आक्रमण भएको थियो।

आक्रमण गरेको आशंकामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ। उनी बिरामी कुरुवाको लागि काठमाडौं समेत आएका थिए।

यसरी भयो एसिड आक्रमण

जादवलालको बनमारा झारले बारेको सानो घर छ। घर भित्रको एउटा बत्ती केही दिनदेखि बिग्रिएको छ। त्यसयता अर्को एउटा बत्तीले उनले काम चलाउँदै आएका थिए। उक्त बल्ब घर बाहिरबाट सजिलै निकाल्न सकिन्छ। भदौ २६ गते राति सवा १२ बजे बलिरहेको बत्ती झ्पाप्प निभ्छ। त्यति बेलै सँगै सुतिरहेका दिदीबहिनी सम्झना र सुस्मितामाथि एसिड बर्सिन्छ। कसले कहाँबाट एसिड आक्रमण गर्‍यो कसैले पत्तो पाँउदैनन्।

सम्झना र सुस्मिता सुत्ने ठाउँको समेत जानकारी भएको व्यक्तिले बलिरहेको बल्बलाई झिकेर एसिड आक्रमण गरेको स्पष्ट छ। तर, एसिड राखिएको भाँडो भने अहिलेसम्म फेला पर्न सकेको छैन। घटनापछि छरछिमेकका व्यक्ति भेला हुन्छन्। सबैभन्दा पहिला छिमेकी रामबाबु पासवान घटनास्थल पुग्छन्। उनैलाई अहिले प्रहरीले पक्राउ गरेको छ।

‘एम्बुलेन्स आएन, ४ जनालाई एउटै स्कुटरमा हालेर अस्पताल पुर्‍याएँ’

बत्ती निभेसँगै छोरीहरु चिच्याएपछि आमाले श्रीमान जादवलाललाई‍ फोन गरेर बोलाएकी थिइन्। जादवलालले घर नजिकै 'पुल हाउस' सञ्चालन गरेका छन्। पुल हाउसबाट उनी दौडिएर घर पुगे। छोरी रुनेक्रम रोकिएको थिएन। मात्र एसिडको तापलाई धाराको चिसो पानीले केही मात्रामा मात्रै राहत दिएको थियो।

जादवलालले तुरुन्त एम्बुलेन्सलाई फोन गरे। ‘एम्बुलेन्स आएन। छोरीहरु छट्पटाइरहेका थिए। साथीको स्कुटर मागेर श्रीमती र दुई छोरीलाई एउटै स्कुटरमा कोचेर अस्पताल पुर्‍याएँ।’

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालले अवस्था जटिल भन्दै काठमाडौं लैजान सल्लाह दियो। घटना भएकै राति उनले छोरीलाई काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याए। अहिले उनीहरुको उपचार भइरहेको छ।

यसरी पक्राउ परे बिरामी कुरुवा पासवान

एसिड आक्रमण भएपछि परिवारका सदस्य चिच्याएका थिए। त्यसपछि घटनास्थलमा सुरुमा उनै पासवान पुगेका थिए। छिमेकी समेत रहेका पासवान ‘घर बाहिरबाटै के भयो भन्दै कराउँदै घटनास्थल पुगेका’ थिए। जम्मा भएका अन्य व्यक्तिले के भयो भनिरहेका बेला पासवानले नै यो त एसिड हुनसक्छ भनेको सम्झनाका बुवा जादवलालले नेपाल लाइभलाई सुनाए। त्यसेबला नै परिवारले उनीमाथि आशंका गरिसकेका थिए।

यो सबै कुरा प्रहरीले थाहा पाएपछि पासवानमाथि निगरानी बढाएको थियो। पासवानलाई थाहै नदिई सादा पोशाकमा प्रहरी काठमाडौं आएका थिए। अस्पतालमा बस्दा पासवानले गरेका गतिविधि नजिकबाट प्रहरीले नियाली रहेको थियो। प्रहरीकै सल्लाहअनुसार जादवलालले आइतबार पासवानलाई कल डिटेलबाट प्रहरीले एसिड आक्रमण गर्ने व्यक्ति फेला पर्ने भन्दै सुनाएका थिए।

जादवलालको कुरा सुनेपछि पासवानले कालो अनुहार पारे। त्यसको केही समयपछि जादवलालले पासवानको मोबाइल फोन मागे। पासवानले मोबाइल हराएको बताए। त्यसपछि झनै शंका भएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अन्दाजी ५० वर्षीय पासवानको जादवलालकी जेठी छोरी सम्झनासँग फोनमा कुराकानी हुने गरेको समेत प्रहरीले पत्ता लगाएको छ। एसिड आक्रमण भएपछि घटनास्थल पुगेको प्रहरीले सम्झनाको मोबाइल बरामद गरेको थियो। उक्त मोबाइलबाट पनि धेरै कुरा खुलेकाले पासवानलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

बिरामी कुर्न आएका पासवानलाई प्रहरीले कीर्तिपुर अस्पतालबाटै पक्राउ गरेर आजै रौतहट लगेको छ। यद्यपी, उनी माथि लागेको आरोप भने पुष्टि हुन बाँकी रहेको रौतहटका एसपी खिलराज ढकालले बताए।

चरम पीडामा छे छोरी–बाबु जादवलाल

जादवलालकी कान्छी छोरी सुस्मिताकोे दायाँ हात डढेको छ। उनी समान्य बिरामी छिन्। जेठी छोरी सम्झना भने आइसियुको ५ नम्बर बेडमा छट्पटाइरहेकी छिन्। ‘कम्मर भन्दा माथिको सबैजसो भाग डढेको छ। न सुत्न मिल्छ, न बस्न मिल्छ। चरम पीडामा छट्पटाइरहेकी छे मेरी छोरी’, जादवलालले घोसेमुन्टो लगाएर पीडा सुनाए, ‘उपचार गर्न खर्च पनि छैन।’

उनको उपचारमा डा सुरेन्द्र बस्नेत खटिएका छन्। उनका अनुसार अवस्था ‘क्रिटिकल’ छ। ‘शरीरको ६५ प्रतिशत भाग जलेको छ। यो भनेको एकदमै क्रिटिकल अवस्था हो। अहिल्यै केही भन्नसक्ने अवस्था छैन’, उनले सुनाए।

नाजुक आर्थिक अवस्था, उपचारमा समस्या

जादवलाल आइसियु अगाडिको कुरुवा बस्ने बेन्चमा बसेर भान्जा नाता पर्ने व्यक्तिलाई सोध्दै थिए, ‘बैंकमा खाता खोलियो भने सहयोग आउलानी, हैन?, कुन बैंकमा खोल्ने हो, के–के चाहिन्छ?’, जादुलालका यिनै प्रश्नले नै प्रष्ट्याएको थियो दास परिवारको आर्थिक अवस्था।

जादवलालको सम्पत्तिको नाममा चन्द्रपुर नगरपालिका–६ मा सानो बनमारा झारले बारेको छाप्रो र त्यसैको वरपरको थारै जग्गा मात्र छ। भएको जग्गा पनि बन्धकी राखेर ऋण लिएका छन् उनले। २ वर्षमा तिर्ने गरी ४ लाख ऋण लिएको पनि ६ महिना भइसकेको छ। ऋण लिएर सञ्चालन गरिएको ‘पुल हाउस’ पनि एसिड कान्डपछि बन्द छ। 

उता बन्धकीको ऋण त छदै‌ छ, अहिले एसिड आक्रमणबाट घाइते भएकी छोरीको उपचार कसरी गर्ने भन्ने नै समस्या छ उनलाई। ‘अहिलेसम्म २ लाख ५० हजार रुपैयाँ लागिसक्यो। अझै कति लाग्छ थाहा छैन। अहिलेसम्म साथीभाइ, आफन्तको सहयोगमा चलेको, अब छोरीको उपचार कसरी गराउनु?’, जादवलालले आफैंलाई सोधिएको प्रश्नको जवाफमा पनि प्रश्नमै दिए। सहयोगकै भरमा छोरी बचाउने आशामा छन् उनी।

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्