काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन्।
जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो।
जबराविरुद्ध के कसुरमा पक्राउ गरिएको हो भन्नेबारे भने हालसम्म खुलाइएको छैन।
जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका थिए।
सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै जबराविरुद्ध दर्ता भएको महाअभियोगसम्बन्धी रिट खारेज गर्दै महाअभियोगको औचित्य समाप्त भएको ठहर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।