काठमाडौं– एसिड आक्रमणपछि उपचाररत रौटहटकी सम्झना दासको मृत्यु भएको छ। गएराति ११ः४०मा किर्तिपुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
_x000D_
_x000D_
चन्द्रपुर नगरपालिका–६ स्थित जादवलाल दासका दुई छोरी सम्झना र सुस्मितामाथि गत भदौ २६ गते राति करिब सवा १२ बजे एसिड आक्रमण भएको थियो।
_x000D_
_x000D_
आक्रमण भएपछि गम्भीर अवस्थामा काठमाडौंको किर्तिपुर अस्पतालमा ल्याइएकी सम्झनाको २ सातापछि मृत्यु भएको हो। चिकित्सकका अनुसार एसिडका कारण सम्झनाको कम्मरमाथिको अधिकांश भाग जलेको थियो। सम्झनाकी बहिनी सुस्मिताको भने किर्तिपुर अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ। सुस्मिताको दायाँ हातमा बढी असर गरेको बुवा जादवलालले बताए।
_x000D_
_x000D_
छाेरीकाे मृत्यु भएपछि बुवा जादवलालले एसिड प्रहार गर्नेलाई फाँसी दिनुपर्ने बताए। भने, 'एसिड आक्रमण गर्नेलाइ जस्तो सजाय दिए पनि मेरी छोरी फर्किन्न, त्यसैले फाँसी नै दिए हुन्छ।'
_x000D_
_x000D_
आक्रमण गरेको आशंकामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ। पासवानले संझनालाई एकतर्फी रुपमा मन पराउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनका सम्न्धमा थप छानबिन भइरहेको पनि रौतहट प्रहरीले बताएको छ।
_x000D_
_x000D_
पासवान बिरामी कुरुवाको लागि काठमाडौं समेत आएका थिए। सोहिक्रममा उनलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको थियो।
_x000D_
_x000D_
याे पनि पढ्नस्:
_x000D_
_x000D_
‘एम्बुलेन्स आएन, ४ जनालाई एउटै स्कुटरमा हालेर अस्पताल पुर्याएँ’
_x000D_
_x000D_
रौतहट एसिड प्रकरण : बिरामी कुरुवा नै पक्राउ
_x000D_
_x000D_
दिदीबहिनीमाथि एसिड प्रहार गर्ने अझै पक्राउ परेनन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।