काठमाडाैं- रौतहटबाट एसिड आक्रमणमा परेर उपचारार्थ काठमाडौं ल्याइएका दुई किशोरीहरुका कुरुवा नै अस्पतालबाट पक्राऊ परेका छन्। एसिड आक्रमणमा परेका दुई दिदीबहिनी सम्झना र सुस्मिता दासलाई अस्पतालमा कुर्न आएका उनीहरुका छिमेकी रामबाबु पासवानलाई आजै प्रहरीले पक्राउ गरेको हो।
घटनापछि दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला छिमेकी पासवानमाथि नै शंका बढ्दै गएपछि पीडितका नै कुरुवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि रौतहट पठाइसकिएको प्रहरीले स्रोतले जानकारी दियो।
एसिड आक्रमणमा गम्भिर रहेकी दिदी सुस्मिता र स्वास्थ्यमा सुधार देखिएकी बहिनी सम्झनाको उपचार अहिले राजधानीको कीर्तिपुर अस्पतालमा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।