काठमाडौं। देशका विभिन्न जिल्लामा आज स–साना नदी तथा खोलानालाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ३४ जिल्ला तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। जोखिममा रहेका जिल्लामा बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुर रहेका छन्।
त्यस्तै १६ जिल्ला तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ। उच्च जोखिममा रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी रहेका छन्।
प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा नदी तथा खोलाको किनारमा नजान, तल्लो तथा डुबान सम्भावित क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।