काठमाडौं– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्माकथा’ विमोचन गरिएको छ।
_x000D_
_x000D_
प्रहरी सङ्गठनमा ३ दशक काम गरेका खरेलले सङ्गठनमा काम गर्दा भोगेका सुख, दुःखका क्षणलाई समेटेर तयार पारेको पुस्तकको शनिबार पूर्वराष्ट्रपति डा रामवरण यादव र अमर प्रहरी पत्नी बिन्दा अधिकारीले संयुक्तरुपमा विमोचन गरेका हुन्।
_x000D_
_x000D_
सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म भोगेका भोगाइ समेटेर प्रहरी सङ्गठन प्रमुखले लेखेको पुस्तक वर्तमान र भावी पुस्ताका लागि पठनीय भएको बताए। उनले आफू राजनीतिक जीवनबाट राष्ट्रपति बनेको बताउँदै राजनीतिकर्मी र प्रहरीबीचको सम्बन्धका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको धारणा राखे। ‘आउने पुस्ताले पुस्तकबाट पाठ सिक्नु जरुरी छ’, उनले भने।
_x000D_
_x000D_
पुस्तकका बारेमा चर्चा गर्दा राजनीतिशास्त्री हरि शर्माले पुस्तकमा लेखकको कालखण्डको इतिहास झल्केको बताए। ‘एक व्यक्तिको आत्मकथाबाट अर्को व्यक्ति मञ्जुर हुनुपर्छ भन्ने छैन, हरेक व्यक्तिको आ–आफ्नै कथा हुन्छन्।’, शर्माले भने।
_x000D_
_x000D_
लेखकले प्रहरी निरीक्षकमा खेलाडीका रुपमा प्रवेश गरेर सर्वोच्च पद आइजिपीसम्म पुग्दा गरेका सङ्घर्षलाई पुस्तकमा समावेस गरेको शर्माले जानकारी दिए।
_x000D_
_x000D_
पूर्वमहानिरीक्षक खरेलले जागिरको दौरानमा भएका अविस्मरणीय क्षणलाई पुस्तकाकारको रुप दिएको उल्लेख गरे। ‘पञ्चायतकालमा जागिर खाँदा होस् या बहुदल आएपछि जागिर खाँदा होस्, यी सबै घटनालाई पुस्तकमा समावेस गरेको छु।’, उनले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।