काठमाडौं- वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली कामदारका परिवारले पाउनुपर्ने रकम साउदीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको खातामा पठाएको छ।
_x000D__x000D_
रोजगारीका क्रममा साउदीमा ज्यान गुमाएका २४ जनाका परिवारले पाउने २ लाख ७८ हजार ८ सय ७ रियाल (८५ लाख रुपैयाँ) दूतावासले बुधबार मन्त्रालयमा पठाएको प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेको छ।
_x000D__x000D_
२४ जनामध्ये ४ जनाको परिवारलाई ब्लडमनी बापतको रकम पठाइएको हो।
_x000D__x000D_
मृतकमध्ये अर्घाखाँचीका प्रेमबहादुर टण्डनको छुट्टीमा नेपाल आएका बेला ज्यान गएको नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ। गुल्मीका हेमलाल पेमी, खोटाङका हेमराज राई, कास्कीका लुमनाथ अधिकारी र सिन्धुलीका प्रेमबहादुर पाख्रिनका परिवारलाई २० हजार रियालका दरले ब्लडमनी तिर्नुपर्ने दूतावासको प्रेस विज्ञप्तिमा उल्लेख छ।
_x000D__x000D_
दूतावासको प्रेस विज्ञप्ति:
_x000D__x000D_
![](http://nepallive.prixa.net/media/albums/press_note_cHWGQ5t2Mz.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।