दक्षिण कोरिया- कोरियाको सुवनमा जलेको अवस्थामा एक नेपालीको शव फेला परेको छ।
_x000D__x000D_
गुल्मीको पिपलधारा घर भई ४ वर्षदेखि कोरियामा कार्यरत भानुभक्त खनाल जलेको अवस्थामा फेला परेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
_x000D__x000D_
खनालको के कारणले मृत्यु भयो भन्ने विषयमा यहाँको प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए। घटनाको विषयमा नेपालस्थित खनाल परिवारलाई जानकारी गराइसकिएको र प्रहरीको अनुसन्धान सकिएपछि अन्य प्रक्रिया अघि बढाइने बाँस्तोलाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।