• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अभिनयमा नयाँ परिचय खोजिरहेका विजय

64x64
अशेष अधिकारी शनिबार, कात्तिक १७, २०८१  १४:५६
1140x725

काठमाडौं– झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो। एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो।

चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहेका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो। उनलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो। चलचित्रको नाम थियो–पूर्ण बहादुरको सारङ्गी।

सो प्रस्तावले विजय सुरुमा त अन्योलमा परे। केही दोधारको अवस्था भयो उनलाई। झण्डै दुई सातासम्म उनले प्रस्तावमाथि कुनै ठोस निर्णय गरेनन्। आफूभित्रको अभिनेतालाई प्रश्न गरे। ‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ, किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ, दुई सातासम्म कुनै निर्णय गरिन,’उनले ती दिन सम्झिँदै भने,‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो, एउटा समय पनि भयो, अनुभव पनि भयो, अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाए, त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर, खुशीसहितको शुन्यता।’

यति भन्दै गर्दा उनी आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौं आएको समय स्मृतिमा पुगे। विजयका अनुसार काठमाडौं छिर्दा उनीसँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए। काठमाडौं आउँदा उनलाई लाग्थ्यो उनी त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्किनु हुनेछ, कडा बन्नु हुनेछ। 

सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गर्थे। कक्षा ८ मा उनले पहिलोपटक आफ्नो क्षमता सार्वजनिक रुपमा पस्किए। 

त्यतिबेला उनले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गरे। चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइहरूले उनको धेरै प्रशंसा गरे। 

‘मेरो नाच-आवाजको नक्कल देखेर साथीहरूले ओहो १ राम्रो गरिस् भनेर हौस्याए। त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो, साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो, मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो,’ उनले पूराना दिनहरू ताजा गर्दै सुनाए। जब उनी रङ्गमञ्चतर्फ मोडिए, तब उनले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाए। उनलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो। 

केही गम्भीर हुँदै उनले भने,‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखेँ, त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ।’ उनी आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ, तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ, सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ,’उनले भने।

भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उनी बताउँछन्। त्यो कार्यशाला उनका लागि जीवनको कोशेढुंगा हुनपुग्यो। त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा परेका एमके रैनाबाट उनी प्रशिक्षित भए।

‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ, यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहेको छ पढाइरहेको छ, समाजको दृष्टिकोणबाट पनि हेरिरहेको छ, सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय, त्यहाँबाट बल्ल मेरो चेत खुल्यो,’उनले भने।

बीचमा उनको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो। उनको बुबा बैंकको जागिरे। कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढाइरहेका थिए। यद्यपि बुबाले भने उनलाई यही बन्नुपर्छ भनेको थिएन। बुबाले केही नभनेको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहन्थ्यो। हजुरबुबाले विजयलाई भन्थे,‘जागिर गर है जागिर गर, पछि गार्हाे हुन्छ, बाले यसरी पालेका छन्, तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस्।’

Xtrem

Xtrem

उनले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिँदै आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराखे।  यो समयमा कयौं नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाएका थिएनन्। उनले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाएनन्। तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाए। उनी छोराको कामबाट खुशी भए।

अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन। ‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन, नाटक गरिरहँदा खास उहाँले थाहा पाउनुभएन, पहिलो चलचित्र छड्केमा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन, उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो,’ बरालले भने।

‘कबड्डी’ पछि उनी त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसकेका छन् भने आजको मितिमा उनी नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसकेका छन्। उनले अधिकांश सहायक भूमिका नै गरे। सबैभन्दा बढी चर्चा उनले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुलेका छन्। उनी सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित छन्। ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्य प्रधान भूमिकामा व्यस्त भइराख्नु परेका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउँछन्।

यो चलचित्रमा उनी एकल बाबुको पात्र भूमिकामा देखिँदै छन्। उनी पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्किए।  सहायक भूमिका उनलाई सजिलो लाग्छ। तर यो चलचित्रको भूमिका फरक र गम्भीर छ। शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उनी माथि नै छ। यसका लागि धेरै मिहिनेत परेको सुनाउँछन्।

चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गरे। यो १० दिनमा उनले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे। उनले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके। पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्नका लागि आफूले यस्तो गरेको उनको भनाइ छ।
‘हामीजस्ता दोस्रो रोजाइका कलाकारका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ, यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे, त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु, पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु,’ उनले भने।

आज उनी स्वयं आफू कसैको छोरा त छन् त्योसँगै आफू पनि एक सन्तानको बाबु बनिसकेका छन्। यसको अनुभवलाई पनि उनले पर्दामा प्रयोग गरेका छन्। अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उनी बताउँछन्। ‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ,’उनले भने।

उनी आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्छन्। ‘अहिले म बुबाको भाव बुझ्छु, एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो, अहिले पनि हिरो नै हो, कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो, अहिले मेरो छोरो भयो, उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ, उसका लागि म आज हिरो जस्तै भएको छु, म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ, मेरो बुबाको सवालमा पनि त्यही नै थियो,’उनले भने।

आज बुबाको सबै भावना उनलाई महसुस हुन्छ। उनी भन्छन्,‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ।’ बरालका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ।

उनी घुमघाममा रुचि राख्छन्।  त्यसैले विजय धेरै कुरा पूरा गर्न नसके पनि घुम्ने कुरालाई आफैँ बुझ्दै पूरा गर्ने प्रयास गर्न लागिरहेका छन्। बुबालाई आजकल गहिरिएर बुझ्न थालेदेखि विजयले बाबुहरूले सन्तानसँग आफ्ना व्यक्तिगत रहरहरू मुख खोलेर भनिनहाल्ने गरेको थाहा पाएका छन्। ‘मैले केही समय उहाँका रहरहरू सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोद्थ्यौं र रु,’ विजयले आफ्ना बाबुले कुरा सम्झिए।

उनी बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षा चाहिँ भइराख्ने बताउँछन्। ‘उहाँको जवाफले बाबुहरू चाहिँ आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहना राख्नुहुँदो रहेछ, भलै उहाँहरू त्यसका लागि आफैँ सक्षम हुनुहोस्, बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षा चाहीँ भइराख्ने रहेछ,’विजयले भने,‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ, नबुझ्दा दुःख मान्नुहुँदो रहेछ, तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदोरहेछ, अब चाहीँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु, बाबुको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु।’

आफ्नो चलचित्रले छोराहरूमा यही भावना जागृत गराउने उनको विश्वास छ। ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटी बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ, बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ,’उनले भने,‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ, बाबुसँग सम्बन्ध खुलेर जान्छ, हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ।’ 

चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका छन् भने चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सार्वजनिक प्रदर्शनमा आएको छ। यो चलचित्रप्रति विजय एउटा कलाकारका रुपमा निक्कै आशावादी छन्। ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उनको आशा छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अशेष अधिकारी
लेखकबाट थप
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्