• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा

64x64
अशेष अधिकारी बुधबार, कात्तिक २८, २०८१  १७:३८
1140x725

काठमाडौं– ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्थे। सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी अभिनेत्री मनिषाको छायाँ उनले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ। 

भारतको बलिउड नगरीमा एउटी नेपाली छोरीको ओजपूर्ण चर्चाले उनमा त्यो सोच आएको हुनुपर्छ। तर विडम्बना थापाका बाबुले छोरीलाई नायिकाका रुपमा सिनेमाको पर्दामा कहिल्यै देख्न पाएनन्। विपना छ वर्षको हुँदा उनी दिवङ्गत भए। उनलाई बुबाको त्यतिधेरै सम्झना पनि छैन।

आफ्ना बाबुको सपना सुनेकी अभिनेत्री विपना सानै उमेरदेखि नाच्नमा पारगङ्त थिइन्। काठमाडौँ स्युचाटारमा जन्मिएकी विपनासँग स्कुले जीवनमा के हुने र के गर्ने कुनै लक्ष्य थिएन। चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिइन्। नाच्न सिपालु विपना विमलालाई हेर्दै आफूलाई त्यस्तै बनाउने कल्पना गर्थिइन् र आफैंलाई भन्थिन्, ‘कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु।’

नभन्दै विपना नाच्नमा यति सिपालु थिइन् कि कक्षा ९ मा पढ्दै गर्दा नै स्कुलको वार्षिकोत्सवका लागि अरूलाई नृत्य सिकाउँथिइन्। आफ्ना बाबुको मनिषा जस्तै बनाउने सपना र अर्कोतर्फ विमना फूपु झैँ नृत्यङ्गना हुने चाहनाका बीच १३ वर्षको उमेरमा नै उनका लागि अभिनयको ढोका खुल्यो। त्यो मौका उनलाई निर्देशक रेशराज आचार्यले दिएका थिए। 

उनी बाल कलाकारका रुपमा भएको अभिनय यात्रा यसरी सम्झना गर्छिन्, ‘उहाँ मेरो बाबाको साथी हो। उहाँले मलाई ‘आमा’ भन्ने टेलिशृङ्खलामा छोरीको भूमिकामा पहिलोपटक अभिनय गराउनुभएको थियो। मेरो अभिनय यात्रा सोही टेलिशृङ्खलाबाट बाल कलाकारका रुपमा भएको हो। त्यो टेलिशृङ्खलाको सुटिङ सकिँदासम्म म १४ वर्षको भइसकेकी थिएँ। त्यो टेलिशृङ्खला छायाङ्कन भए पनि कहिले पनि ‘रिलिज’ भने हुन पाएन।” टेलिशृङ्खला प्रसारणमा नआए पनि यसले उनको अभिनयको लामो यात्रा कोरिदिने काम भने गर्‍यो।

यो २०५१ सालतिरको कुरा हो। आचार्यले त्योसँगै विपनालाई शक्ति साबुनको विज्ञापनमा समेत अभिनय गराए। ‘आमा’ टेलिशृङ्खलाको सुटिङका दौरानमा कलाकार तथा निर्देशक मोहन निरौला सुटिङस्थल पुगेका थिए।  दुवै जनाको पुरानै मित्रताको चिनाजानी थियो। उनले सुटिङमा विपनालाई सिनेमा गर्ने प्रस्ताव गरे। त्यतिबेला मोहन एउटा सिनेमा निर्देशनको तयारी गरिरहेका थिए। 

भर्खर १४ वर्ष लागेकी विपनाले टेलिशृङखलालाई नै सिनेमा मानिरहेकी थिइन् र उनले अबोध शैलीमा मोहनको प्रस्तावमा ‘मैले त खेलिसकेँ’ भन्ने जवाफ दिइन्। निरौलाले विपनालाई पुनः ‘ठूलो पर्दाको फिल्म खेल्ने हो’ भनेर सोधेपछि भने विपनाले ‘मेरो घरमा आएर सोध्नुस्’, भन्ने जवाफ दिइन्। त्यसपछि निर्माता छविराज ओझा, राजकुमार शर्मा, निरौलालगायतका विपनाको घरमै पुगे र परिवारसँग कुरा गरे। 

“एसएलसी दिएको पर्सिपल्टको कुरा हो यो”, उनले भनिन्। परिवारले विपना थापालाई सिनेमा गर्ने अनुमति दियो। यसरी ‘जन्मभूमि’ उनको डेब्यू सिनेमा हुनपुग्यो। नायिका हुने पक्का भएको दिन उनले आफ्नो पिताजीले भनेको कुरा स्मरण गरिन् र यस्तो सोचिन्, ‘ओहो! म त कत्रो ठूलो के–के भइछु लागेको थियो किनभने मैले अभिनेत्री भनेर चिनेको–सुनेको नाम मनिषा कोइराला थियो। उहाँ राजनीतिक परिवारमा जन्मिएकी र हुर्केकी मान्छे। अनि मेरो बुबाले पनि यसलाई त मनिषाजस्तो नायिका बनाउनुपर्छ भन्नुहुन्थ्यो सानैदेखि। त्यसैले नायिका हुने पक्का हुनेबित्तिकै मैले मनिषा म आफू नै हो कि भनेर अनुभव गरिरहेकी थिएँ। म पनि त्यस्तै बन्ने भएँ भन्ने लागेको थियो।’ 

Ncell 2
Ncell 2

विपनाले आफ्नो पहिलो सिनेमाका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि त्यतिबेलाको लोकप्रिय ह्वाइट र्‍याबिट चक्लेट पाइन्। पाँच हजार पैसाले धेरै खुसी हुनुभयो या एक मुट्ठी चकलेटले भन्ने प्रश्नमा उनी हाँसिन्। ‘ओहो! पाँच हजार रुपैयाँ भयो। त्यो पनि आजभन्दा करिब २८–२९ वर्ष अगाडि, आजको पाँच लाख सरहको पैसा होला त्यो सायद।’

पाँच हजारमा पहिलो सिनेमा खेलेकी विपनालाई त्यस वर्ष सिनेमाको ओइरो नै लाग्यो। त्यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’सहित सात वटा सिनेमामा काम गरिन्। पाँच हजार र एक मुठ्ठी ह्वाइट र्‍याबिट चक्लेटबाट सुरु भएको उनको पारिश्रमिक बाँकी छ सिनेमामा कुनैमा २० त कुनैमा २५ हजार रुपैयाँ पारिश्रमिक लिइन्। ठ्याक्कै सम्झना नभए पनि उनले सोही वर्ष ३५ हजारसम्म पैसा पाएको सम्झना छ।

सिनेमा उद्योगबाट बिदा नहुँदासम्म अधिकतम पाँच लाख रुपैयाँ बुझिन्। यो रकम लिँदा नेपाली रजतपट बृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउँछिन्। ‘त्यो बेलामा राजेश हमाल–विपना थापाले त एउटै सिनेमाको पाँच लाख रुपैयाँ लिन्छन् भनेर ठूलै हल्लाखल्ला भएको याद छ। यो पैसा मैले ‘वरमाला’ र ‘बहादुर’ भन्ने दुई वटाका लागि मात्र लिएकी थिएँ’, थापाले भनिन्। २०५१ सालमा सुरु भएको उनको त्यो अभिनय यात्रा २०६५ सालसम्म करिब १५ वर्ष लगातार व्यस्ततामै बित्यो।

उनी आफूलाई अभिनेत्रीका हिसाबले डेब्यू सिनेमा ‘जन्मभूमि’ले नै परिपक्व बनाएको बताउँछिन्। यसो हुनुको पछाडि उनीसँग सो सिनेमामा सँगै काम गरेका त्यतिबेलाका चर्चित र प्रतिभाशाली कलाकारलाई दिन्छिन्। त्यो सिनेमामा त्यतिबेलाका चर्चित अनुहारहरु सरोज खनाल, शिव श्रेष्ठ, मौसमी मल्ल, गीताञ्जलि तथा सुनिल थापालगायतका कलाकारको पल्टन नै थियो। 

‘चर्चित कलाकारहरुको भिडमा म १४ वर्षकी सानी केटी पहिलोपटक सिनेमा खेल्दै थिएँ। उहाँहरुबीच म पहिलोपटक ठूलो पर्दाको सिनेमा खेल्दै गरेकी केटीलाई अभिनय सिकाउने प्रतिस्पर्धाजस्तो हुन्थ्यो”, उनले भनिन्, “सरोज दाइसँग सिन पर्दा बसुन्धरा भुसाल दिदी आएर सरोजले आफ्नो मात्र अनुहार देखाउला नि नानी भन्नुहुन्थ्यो, मौसमी दिदीले त्यस्तै भनेर गाइड गर्ने, सरोज दाइले त्यस्तै भन्ने। सब मेरो गुरुजस्तो हुनुभयो र सिकाउनुभयो।’ विपनाका अनुसार दिग्गज कलाकारहरुको मार्गदर्शन र सिकाइले सिनेमाको लाइट, क्यामरासँग कसरी साक्षात्कार गर्ने भनेर उनलाई दोस्रो सिनेमाको अनुभव आवश्यक परेन।

त्यो वर्ष लगातार सात सिनेमामा अभिनय गरेकी विपनाले डेब्यू वर्षमा नै सर्वोत्कृष्ट नवअभिनेत्री अवार्ड उचाल्न सफल भइन्। ‘यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’सँगै, गोठालो, अपहरण, चुनौती गरी सात सिनेमा खेलेँ। त्यो वर्ष मैले सर्वोत्कृष्ट नवअभिनेत्री तथा व्यस्त अभिनेत्रीको अवार्ड जितेँ”, उनले सुनाइन्। 

त्यो समयमा यो–त्यो भूमिका कथा विषयवस्तु नभनी सिनेमाहरु गर्ने गरेको उनी बताउँछिन्। उनी प्रस्ताव आएका र समयले भ्याएसम्मका सिनेमा गरेको सम्झिन्छिन्, ‘हामी यो त्यो सिनेमा गर्दैनथ्यौं। प्रस्ताव आएका सबै सिनेमा गथ्र्यौं। समय मिलायो काम गर्‍यो, अब अहिलेजस्तो परिपक्व भएर पनि आइएको हुँदैनथ्यो। हामी निर्देशकले जे भन्यो त्यो गथ्यौँ। यो गर्छु, त्यो गर्दिन, यस्तो खाँदिन भन्ने पनि हुन्नथ्यो। एउटा पारिवारिक माहोलमा काम गथ्र्थौं।’

पर्दामा उनको कुशल नृत्यकौशल र अभिनय क्षमताबाट नै दर्शकमाझ लोकप्रिय बन्न सफल भइन्। उनी आधुनिक युवती, बुहारीलगायतका सबै भूमिकामा फिट लाग्थिइन् र सबैभन्दा बढी एउटा मेहनती कलाकारको परिचय उनले बनाइन्। करिब एक सय १४ वटा सिनेमामा अभिनय गरेको बताउने विपनाले धेरै सिनेमा उस्तै खालको भूमिका गरे पनि ‘तँ त साह्रै नै बिग्रिस नि बद्री !’ सिनेमामा निर्वाह गरेको चरित्रलाई कहिल्यै बिर्सन सक्दिनन्। 

सुरुमा उनलाई नायिकाको सकारात्मक भूमिकामा काम गराउने सहमति भए पनि परिस्थितिवश नकारात्मक भूमिका गर्नुपर्ने बाध्यता आइपर्‍यो। उनले त्यो भूमिकालाई खुबै टार्न खोजिन्। सो भूमिका नगराइयोस् भनेर सिनेमाका निर्माता–निर्देशकसँग रोइन् समेत।

त्यो समयमा सकारात्मक भूमिका गर्दै आएको अभिनेत्रीले नकारात्मक भूमिका गर्नु ‘करियर’कै लागि ठीक नहुने सोचिन्थ्यो र कलाकारहरु पनि सोही कुरामा विश्वास मान्थे। विपनाले सो सिनेमा खेल्नुअघि नायिकाका रुपमा सकारात्मक भूमिकामा देखिँदै आएकी थिइन्। यो सिनेमामा नकारात्मक भूमिका खेल्दा भोलिका दिनमा आफूलाई असर गर्नसक्ने उनको बुझाइ थियो। पछि उनको बिहेमा कन्यादानसमेत दिएका निर्माता किरण केसीले सम्झाएपछि मात्र मनले नमानीनमानी अभिनय गरिन्।

सो सिनेमाको ‘ह्विस्की’ नामको पात्र आजसम्म पनि उनलाई मन पर्दैन। ‘अर्काको श्रीमानसँग लाग्ने र घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती पनि बनाउन खोज्ने मान्छे मलाई पहिलोदेखि नै मन नपर्ने। मेरो पात्र ठ्याक्कै त्यस्तै सिनेमामा। त्यो पात्र मलाई पटक्कै गर्न मन लागेको थिएन। तर हरिवंश आचार्य र किरण केसीले यो एउटा चरित्र हो, कलाकार भएपछि हरेक किसिमको भूमिका गर्नुपर्छ, यसले तिम्रो फिल्मी ‘करियर’मा कुनै पनि नकारात्मक असर गर्दैन भनेर कर गरेपछि मैले गरेँ।’ 

सिनेमा ‘रिलिज’ भएपछि उनले जे सोचेर डर मानेकी थिइन्, ती कुनै पनि कुराले उनलाई असर गरेन। उनी त्यसपछि पनि सकारात्मक भूमिकाको रोजाइमा परी नै रहिन्। 

विपना थापाको रुपमा आज पाइरहेको परिचयका लागि नेपाली सिनेमा उद्योगलाई आफूले सधैँ सम्झिराख्ने उनको भनाइ छ। नेपाली सिनेमामा नआएको भए आजकी विपना अर्को कुन संसारमा हुन्थेँ भन्ने जवाफ आफूसँग नभएको बताउँछिन्। ‘१४ वर्षबाट सुरु मेरो सिनेमा यात्राका सक्रिय वर्षहरु हरेकवर्ष पाँच/सातवटा सिनेमा खेल्दैमा बिते। अन्तिम सिनेमा गर्दासम्म म व्यस्त नै थिएँ। १४–१५ वर्षको त्यो उमेरमै सिनेमामा नभए कता हुन्थे भनेर कहिले सोच्ने फुर्सद नै भएन।’

आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म लखतरान भएर ढल्ने गरीसम्म काम गरेको सम्झिन्छिन्। ‘मलाई याद छ। मैले नसुतीनसुती लगातार ३६ घण्टा सिनेमाको सुटिङ गरेको छु। अर्जुन भन्ने सिनेमामा धिरन शाक्यसँग बालाजुको बाइसधारा सिनेमामा त्यसरी काम गरेको थिएँ। त्यो बेला सुटिङ गर्दागर्दै बाइसधारा माथिबाट सिधै भुइँमा लडेँ। धिरेन दाइले नसमात्नुभएको भए आज विपना जीवित हुँदैन थिएँ होला। लगातार ३६ घण्टा काम गर्दा म निकै कमजोर भएको थिएँ।’ 

त्यस्तो व्यस्तालाई चट्टै छोडेर घरजममा लागेकी विपना १७ वर्ष पछाडि ‘ह्रस्वदीर्घ’ सिनेमामार्फत पुनः नेपाली रङ्गीन दुनियाँमा फर्किंदैछिन्। यो आफ्ना पति र छोराका कारण सम्भव भएको उनी बताउँछिन्। ‘अहिले सिनेमामा फर्किनुको कारण मेरो छोरा र श्रीमान् हो। बाबुछोराले नै काम गर्न मन लागेको छ भने गर्नु भनेपछि फर्किएकी हुँ।’ विपनाका श्रीमान्ले “यो जीवन भनेको तिम्रो आफ्नो रोजाइको जीवन हो’ भनेर होस्याए भने छोराले पनि म आफूलाई हेर्नसक्छु तपाईं काम गर्नुस् भने। त्यसो त उनकी सासू पनि बुहारीको इच्छा मार्ने पक्षमा थिइनन् तर विवाहपछि छोराको जन्म र अन्य घरायसी परिस्थितिले विपना सिनेमामा फर्कन पाइनन्। 

‘मेरो सासूलाई मेरो सुटिङ हेर्ने असाध्यै रहर थियो। विवाह लगत्तै एक/डेढ वर्षमै म गर्भवती भएँ। सन्तानका कारण काम गर्ने कुरा भएन, त्यसपछि मेरो सासूलाई क्यान्सर भयो। घरको जेठी बुहारी भएपछि उहाँलाई हेर्नुपर्‍यो”, उनले भनिन्, ‘त्यसपछि ससुरा बिरामी पर्न थाल्नुभयो, फेरि उहाँको हेरविचार गर्नुपर्‍यो। यस्ता कुराले चाहेर पनि परिवारको समर्थन हुँदाहुँदै पनि मैले आफूलाई निरन्तरता दिन सकेकी थिइन्। अहिले जिम्मेवारी कम छ, कामका लागि समय छ।’

यसबीचमा सामाजिक सञ्जालमा पोस्टहरु हाल्दा उनलाई सिनेमामा फर्किनुपर्ने सुझावहरु प्रशस्तै आए। यसले पनि उनलाई सिने क्षेत्रमा फर्किन हौस्यायो। अहिले उनको हातमा तीन–चारवटा सिनेमा छन्। 

वर्षौंपछि ‘सुटिङसेट’मा पुग्दा उन भावुक हुन पुगिन्। विछोडिएको बछेडीले आमा भेटेजस्तो। ‘वर्षौंदेखि मन परेको मान्छेलाई भेट्दा कति रुन मन लाग्छ, मलाई त्यस्तै भयो। त्यो सम्झिदा अहिले पनि मेरो आँखा भरिन्छन्। पुराना पत्रकार साथीहरुलाई भेट्दा पनि मलाई भावुक बनायो।’ यही कात्तिक ३० गते उनी अभिनित ‘हस्व दीर्घ’ रिलिज हुँदैछ।रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अशेष अधिकारी
लेखकबाट थप
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्