काठमाडाैं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार संख्याका आधारमा बलियो भए पनि नीति र कार्यशैलीका अाधारमा अत्यन्तै कमजोर रहेको टिप्पणी गरेका छन्। उनले दुई तिहाईको सरकार जनताको हृदयबाट हटिसकको दाबी समेत गरेका छन्।
_x000D_
_x000D_
सरकारको कार्यशैलीप्रति नेपाल लाइभसँग कुरा गर्दै सिटौलाले भने, ‘निर्वाचनपछि बनेको बहुमतप्राप्त सरकारले जनतालाई पुरस्कृत गर्नुपर्ने हो। तर, जनता दण्डित भएका छन्।’ लोकतान्त्रिक व्यवस्था रहेका अन्य मुलुकमा बहुमतप्राप्त सरकारको यो गति आफूले कतै पनि नदेखेको बनाउँदै सिटौलाले यो सरकारले अलोकप्रियताको नमुना नै प्रस्तुत गरेको आरोप लगाए। सरकारको सात महिनाको मूल्यांकन गर्दा भावी कार्यकाल पनि असफल हुने उनको दाबी थियो।
_x000D_
_x000D_
सरकारलै सबै क्षेत्रमा तर्साएको बताउँदै सिटौलाले दुई तिहाइको डण्डा देखाएर अदालत र संवैधानिक निकायका व्यक्तिहरुलाई तर्साइएको आरोप लगाए। संवैधानिक निकायका व्यक्तिहरुले स्वतन्त्र रुपमा काम गर्ने अवस्था नरहेको औंल्याउँदै उनले भने, ‘संविधानमा न्यायपालिकाको छायाँमा कार्यपालिका नहुने व्यवस्था गरेका थियौं। तर, कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप बढाएको छ।’
_x000D_
_x000D_
प्रेस पूर्ण स्वतन्त्र नरहने हो कि भन्ने डर कायम रहेको उनले बताए। कर्मचारी प्रशासन र शिक्षा क्षेत्र आत्तिएको बताउँदै सिटौलाले भने, ‘कानुनीराजप्रति जनताको विश्वास घट्दै गएको छ।’ सबै क्षेत्रमा सरकारप्रति आंशका पैदा हुनु व्यवस्थाको कारण नभई सरकारको गलत कार्यशैलीले भएको उनको तर्क छ। जनतामा निराशा र मनोबल घट्दै गएको सिटौलाको निष्कर्ष छ। सरकारले अत्यधिक कर वृद्धि गरेर गरिब जनता र श्रमिकलाई ठूलो मारमा पारेको उनको भनाइ थियो।
_x000D_
_x000D_
प्रधानमन्त्री, मन्त्री र शिर्ष नेताहरुलाई आफ्ना बोली र व्यवहार सच्याउन उनले सुझाव दिए। सिटौलाले प्रधानमन्त्रीको स्थानमा रहेको व्यक्तिले पार्टी पंक्तिलाई अरिंगाल बन भन्नु अशोभनीय रहेको उल्लेख गर्दै सिटौलाले शक्तिको दम्भ देखाएको सरकारलाई सचेत बनाउन प्रतिपक्षी दल चुकेको बताएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।