काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका अनुसार भारत केरलाका मोहम्मद चेरा थोदीलाई विमानस्थलबाट पक्राउ गरिएको हो। उनी युएईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत काठमाडौं आएका थिए।
विमानस्थलमा चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको भित्री पेन्टको कृत्रिम प्लास्टिकमा च्यापिङ गरी लुकाइएको अवस्थामा सुनजस्तो देखिने पहेंलो धातु फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थसहित थोदीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।