फाइल तस्बिर
काठमाडौं– पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक दुईतर्फी रूपमा पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब ११:१० बजे अविरल वर्षाका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र वडा नम्बर १० टिङराङखानीमा माथिबाट ठूलो ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिरोका कारण पृथ्वीराजमार्गमा दुवैतर्फ सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।