• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस :

उकालो लाग्दैछ अपराधको ग्राफ, परिवार र आफन्तबाटै असुरक्षित छन् महिला

साढे पाँच वर्षमा एकलाख बढी महिला हिंसाका उजुरी, सबैभन्दा बढी मधेशमा
64x64
कल्पना घिमिरे शुक्रबार, फागुन २५, २०८०  ११:२२
1140x725

काठमाडौं–आज ११४ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस। विविध कार्यक्रम गरी महिला श्रमिक दिवस मनाइरहँदा महिलामाथि हुने अध्याँरा पाटाहरु (अपराध) भने रोकिनुको साटो अपराधको ग्राफ भने उकालो लाग्दो अवस्थामा छ।

घरभित्रै तथा परिवारमै हुने हिंसा, बलात्कारका घटनादेखि परिवारभन्दा बाह्य क्षेत्रबाट हुने अपराधका घटनाहरु न्यूनिकरण हुनुको साटो निरन्तर उकालो लाग्दो अवस्थामा छ। २/३ वर्षका बालिकादेखि वृद्ध महिला तथा अपांगता भएका महिला तथा नाबालिकाहरु बलात्कृत भएका घटनाहरु निरन्तर भइरहेको प्रहरीको तंथ्याकले देखाइरहेको छ। 

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिकामाथि हुने यीनै र यस्तै अपराधका घटनाहरुको केन्द्रमा तयार पारेको एउटा रिपोर्ट प्रस्तुत गरेका छौं ।

सोमबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका–७ लामाटोलीमा खोटाङकी ज्ञानकुमारी राई (संजना) को शव फेला पर्‍यो। उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला पारिएको थियो।

शनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया ज्ञानकुमारी मामाघर बस्दै आएकी थिइन्। उनी राति शौचालय जाने क्रममा उनको हत्या भएको बताइएको छ।

राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए। घटनालगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए।

घटनाको खबर पाएपछि प्रहरीको टोलीले खोजतलास गर्दै जाँदा बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने धिरेनकुमार खाँ चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

ज्ञानकुमारीको हत्या गरी फरार रहेका चौधरीलाई मंगलबार पूर्वपश्चिम राजमार्गमा पर्ने भाउन्नेको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै मंगलबार राम्ररी बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१० का ३५ वर्षीय टेके सार्की रम्तेल रहेका छन्। रम्तेलले ११ महिनाअघि गत वैशाख ७ गते इश्वरपुर–१० कै फुलनोर खोलामा १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए। ती बालिका गर्भवतीसमेत भएकी थिइन्। छोरीलाई बलात्कार गरी गर्भवती बनाएर फरार भएको पाइएपछि उनका आमाले प्रहरीमा जाहेरी दिएका थिइन्।

बलात्कृत उक्त बालिकाले पुस १५ गते छोरालाई जन्मसमेत दिएकी थिइन्। शिशुको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको थियो। पक्राउ परेका रम्तेलविरुद्ध बलात्कारको कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सर्लाहीका एसपी दयानिधी ज्ञवालीले बताए।

यही फागुन ११ गते सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो। अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्र हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ।

वार्षिक २० हजारको संख्यामा महिला हिंसा
यी त हालै भएका महिला हिंसाका केहि उदाहरण हुन्। महिला हिंसाका घट्ना वार्षिक २० हजारको संख्यामा घट्ने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७५/७६ मा १९ हजार ३०४ पुगे। त्यसपछिका दुई वर्ष संख्यामा केही कम आए पनि २०७८/०७९ मा पुग्दा फेरि बढेर २१ हजार ४५१ पुग्यो।

यस्तै २०७६/०७७ ममा १५ हजार ७५६ पुगेको थियो भने २०७७/०७८ मा १८ हजार ९६१ महिला हिंसाका घटना रहेका थिए। यस्तै गत वर्ष २०७९/०८० मा २० हजार ९१३ वटा महिला हिंसाका घटना घटेका छन्। यस्तै चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ११ हजार ७५३ वटा महिला हिंसाका घटना प्रहरीको उजुरीमा परेको प्रहरीले जनाएको छ।

पाँच वर्षको अवधिको महिला हिंसाको अवस्था

-1709863005.JPG
स्रोतः नेपाल प्रहरी 

सबैभन्दा बढी घरेलु हिंसाबाट पीडित
पाँच वर्षको तथ्यांक केलाउने हो भने महिला हिंसाका घटनामा घरेलु हिंसाका घटनाको सबैभन्दा बढी उजुरी पर्ने गरेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय यस्ता हिंसा बढ्दो रुपमा रहेको उक्त तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७५/०७६ मा १४ हजार ७७४ घरेलु हिंसाका घटना रहेको प्रहरीले जनाएको छ। 

२०७६/०७७ मा  ११ हजार ७३८, २०७७/०७८ मा १४ हजार २३२, २०७८/०७९ मा १७ हजार, २०७९/०८० १६ हजार ५१९ र चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ९ हजार २५९ घरेलु हिंसाका घटना रहेका छन्।

यस्तै २०७५/०७६ मा २ हजार २३०, ०७६/७७ मा २ हजार १४४, ०७७/०७८ मा २ हजार ५३२, २०७८/०७९ मा २ हजार ३८० र २०७९/०८० मा २ हजार ३८७ र चालू वर्षको माघ मसान्तसम्ममा १ हजार ३५१ जबर्जस्ती करणीका घट्ना घटेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ७८६ जबर्जस्ती करणी उद्योगका घटनाको उजुरी प्रहरीमा परेका थिए। २०७६/०७७ मा ६८७ वटा २०७७/०७८ मा ७३६, २०७८/०७९ मा ६५५ यस्तै २०७९/०८० मा ५१८ र चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा २७९ वटा जबर्जस्ती करणी उद्योगका घटनाको उजुरी गरेको प्रहरीको तथ्यांक छ।

अझै रोकिएन बोक्सीको आरोप 
गत फागुन ३ गते मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई छिमेकीले बोक्सीको आरोप लगाएर मलमुत्र खुवाए। त्यसको भोलिपल्ट बोक्सीको आरोपमा मलमूत्र खुवाउने महिलालाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका–७ की पारो माझी रहेकी छन्। उनी गाउँमा धामीझाक्रीको काम गर्दै आएको मोरङ प्रहरीले जनाएको छ।

बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा दियो हराएको र हराएको दियो जोखाना हेर्दा ती महिलाले चोरेको भन्दै माझीले मलमुत्र खुवाएर यातना दिएको मोरङ प्रहरी डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। यो घटनाले नेपालमा बोक्सीको आरोप जस्तो जघन्य हिंसा अझै जरो गाडेर रहेको देखिन्छ। यस्ता बोक्सीको आरोपमा हुने महिला हिंसाका घटना वार्षिक रुपमा  ५० को हाराहारीमा प्रहरीमा आउने गरेको तथ्यांकले देखाउँछ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा ४६ वटा बोक्सीको आरोपका घटना रहेका थिए। यस्तै २०७६/०७७ मा ३४ वटा, ०७७/७८ मा ६१, ०७८/७९ मा ४९ र २०७९/८० मा ४३ र चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १२ वटा बोक्सीको आरोपका घटना प्रहरीमा उजुरी परेका छन्।

सबैभन्दा बढी महिला हिंसा मधेशमा
आर्थिक वर्ष २०७५/०७६ देखि यता साढे पाँच वर्षको अवधिको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी महिला हिंसाका घटना मधेश प्रदेशमा घटेको प्रहरीले जनाएको छ। मधेशमा मात्रै साढे पाँच वर्षको अवधिमा २७ हजार ७९७ महिला हिंसाका घटना प्रहरीमा उजुरी परेका छन्। दोस्रोमा लुम्बिनी प्रदेशमा महिला हिंसाका घटना १७ हजार ६६६ रहेका छन्।

पाँच वर्षको अवधिको महिला हिंसाको अवस्था

आ.व. /महिला हिंसा संख्या

कोशी

मधेश

बागमती

गण्डकी

लुम्बिनी

कर्णाली

सु.प.

उपत्यका

ब्युरो

जम्मा

  २०८०/०८१ माघसम्म

१५१९

३४३२

९७०

५३७

१९६७

६६३

९३०

१७२१

१४

११७५३

 २०७९/०८० 

२४१६

५५७०

१८२५

१३३९

३५८५

१२२३

१५९३

३३१९

४३

२०९१३

 २०७८/०७९ 

२२७९

५१०९

२०५६

१७६५

३६२२

१२९१

१७५६

३५७३

०

२१४५१

२०७७/०७८ 

२३४०

४२८०

१६७५

१५९७

३१०५

१२०६

१६३१

३१२७

०

१८९६१

 २०७६/०७७ 

१४१२

४०९२

१६११

१२९२

२४४७

९२०

१०६७

२९१३

२

१५७५६

 २०७५/०७६ 

१६०१

५३१४

२०५७

१६११

२९४०

११७१

१०२४

३५८६

०

१९३०४

जम्मा 

११५६७

२७७९७

१०१९४

८१४१

१७६६६

६४७४

८००१

१८२३९

५९

१०८१३८

 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्