• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

‘दूध बिक्री नभएको समस्या देखाएर किसानका नाममा राजनीति’

64x64
कल्पना घिमिरे शुक्रबार, फागुन ११, २०८०  १९:५०
1140x725

काठमाडौं– आइतबार चितवनका किसान तथा व्यवसायी बिक्री नभएको भन्दै सडकमा दूध पोखेर आन्दोलित भए। त्यसलगतै बिहीबार किसानको नेतृत्व गर्ने एक दर्जन बढी संगठनहरुले पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेका छन्।

यसलगत्तै शुक्रबार नेपाल डेरी एसोसिएशनले वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। उक्त कार्यक्रममा बोल्दै डेरी एशोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले किसान र उद्योगको सम्बन्ध राम्रो भएको तर पछिल्लो समय समस्या आएको बताए।

माग र आपूर्तिको तालमेल नमिल्दा दुग्धजन्य वस्तुमा समस्या आएको केडिया बताउँछन्। यस्तै सरकारले दूध उत्पादन र माग को तथ्यांक ननिकाल्दा पनि समस्या आएको बताउँछन्। दूध डेरी उद्योगसँग कति दूध स्टक छ त्यो निकालेर निर्यातमा सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ छ।

‘दुग्ध विकास संस्थान नेपाल डेरी एशोशिएसनले कति दूध पाउडर र बटर स्टक हो भन्ने कुरा ल्याउन सकेन। साउनदेखि फागुनसम्म कुन उद्योगले कति दूध पाउडर बनायो भन्ने यथार्थ तथ्यांक मन्त्रालयले ल्याउन पर्‍यो। बंगलादेशले १० देखि ११ हजार प्रति टनमा लिन चाहन्छ। हाम्रो लागत १८ हजार परेको छ। पाँच हजार जति सरकारले बेहोरेर निर्यात गरोस् दूधको समस्या हट्छ,’ उनले भने।

यस्तै आर्मी प्रहरी र सशस्त्रको खानामा मासु, अण्डा समावेश गर्न जरुरी भएजस्तै दूध पनि अनिवार्य गर्न क्याबिनेटले नै निर्णय गरे दूधको समस्या हट्ने उनको दाबी छ। सोही क्रममा दुग्ध विकास बोर्डका कार्यकारी अध्यक्ष राजेन्द्र यादवले नेपालको डेरी क्षेत्र अन्य कुनै पनि क्षेत्रभन्दा मर्यादित र व्यवस्थित क्षेत्रभित्र पर्ने बताए। तर पछिल्लो समय दूध बिक्री नभएको समस्याका देखाएर किसानका नाममा राजनीति गर्ने उद्देश्यले केही व्यक्तित्वहरु लागि परेको आरोप लगाए। 

‘किसान, उद्योगी व्यवसायीसँग राम्रो सम्बन्ध छ र सबैकुरा व्यवस्थित हुँदा हुँदै पनि समस्या किन आइरहेको छ भन्दा दुरदृष्टिको भिजन उद्योगमा छैन। दोस्रो कुरा इमान्दारिता भएन। किसानको दूध बिक्री नभएको समस्या देखाएर किसानका नाममा राजनीति गर्ने उद्देश्य लिएर केही लागिपरेका छन्,’ यादवले भने।

सरकारले दुग्धजन्य वस्तु आयातमा रोक लगाइसकेको हुँदा दूध बिक्री नहुने समस्या सुल्झिने बताए। यस्तै गत माघ १९ गतेको बोर्ड मिटिङले नेपाल प्रहरी कार्यालयमा, विद्यालय लगायतका निकायको खानामा दुग्धजन्य वस्तु समावेस गर्न निर्देशन पनि गरिसकेको हुँदा यस्तो समस्या नहुने दाबी गरे।

‘बिक्री गर्ने उद्योगको काम हो सबै काम राज्यको होइन। सबै काममा राज्यको मुख ताकेर बस्ने होइन। सरकारले मूल्य निर्धारण गर्ने काम हो। दूध दही मात्र होइन दूधबाट अन्य वस्तु बनाउन सकिन्छ,’ यादवले भने। बजारको माग ७ हजार मेट्रिक टन रहेको छ। पछिल्लो समय डेरी उद्योगमा स्टक रहेको दूध ५ हजार मेट्रिकटन मात्र दूध भएकाले बिक्री नहुने भन्ने कृत्रिम समस्या सिर्जना गरिएको हुनसक्ने उनको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७९/८० मा कोभिडको असरका कारण किसान मर्कामा परेकाले दूधको मूल्य बढाइएको उनी बताउँछन्। तर, सरकारले उपभोक्ता मूल्य नतोक्दा समस्या आएको उनको भनाइ छ। ‘पहिला दूधको मूल्य तोक्दा किसान र उपभोक्ताको तोकिन्थ्यो। दुग्ध विकास बोर्डले मूल्य दुवैको पठाएको हो। तर क्याबिनेटले किसानको मूल्य मात्र तोक्यो, उपभोक्ता मूल्य तोकिएन। त्यो कसको प्रभावले भयो  थाहा भएन। त्यसको फलस्वरुप अहिले समस्या आइरहेको छ,’ उनले भने।

विज्ञापन नगर्दा बिक्री नहुने समस्या आयो
यस्तै डेरी उद्योगहरुले दूध तथा दुग्धजन्य वस्तुको विज्ञापन नगर्दा बिक्री नहुने समस्या आएको यादव बताउँछन्। ‘कुनै दूध उद्योगले विज्ञापन गरेको देखिएन। दूधको क्वालिटी बढाउनुपर्‍यो अनि दूधको विज्ञापन गर्नुपर्‍यो, त्यो कुरामा ध्यान नदिने अनि कसरी बिक्री हुन्छ?,’ उनले भने, ’अहिलेको समयमा दूध बढी भएकोभन्दा पनि बढी गराइएको हो। आ–आफ्नो क्षेत्रमा कसरी व्यवस्थित गर्नु पर्ने हो आफैं गर्ने हो। डेरी उद्योगको काम दूध र दही बेच्ने मात्रै होइन अन्य वस्तु उत्पादन गरेर बिक्री गरे हुन्छ नि।’

सिजनअनुसार उत्पादन बढी हुँदैमा दूध बिक्री नभएको बाहानामा राजनीति गर्न खोजिरहेको उनको आरोप छ। तर निरन्तर उत्पादन बढ्ने हो भने निर्यात गर्न सकिने उनी बताउँछन्।

‘बाहिरी मूलुकमा निर्यात गर्न निरन्तर उत्पादन बढ्नुपर्छ। दूध उत्पादन बढी भएको बेलामा एकदुई महिना पठाउने, पछि नपठाउने गरेर हुँदैन। निरन्तर उत्पादन बढ्ने हो भने निर्यात गर्न हामी तयार छौं। एउटा शुनिश्चितता हुनपर्‍यो,’ उनले भने। अहिले दूध उत्पादक करिब ४ अर्ब रुपैयाँ भुक्तानी पाउन नसकेको र त्यो तत्काल समाधान गर्नुपर्ने बोर्डका कार्यकारी अध्यक्ष यादव बताउँछन्। तर किसानका संगठनहरुले दुग्ध किसानको ६ अर्ब भुक्तानी गर्न बाँकी रहेको आँकडा निकालेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुग्धजन्य वस्तुको भ्याट हटाए समस्या सुल्झिन्छ
नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहाल दुग्धजन्य वस्तुमा लगाइएको कर हटाए दूध सस्तो पर्ने र बिक्री नहुने समस्या हट्ने बताउँछन्।

‘मूल्य क्वालिटी अनुसार राख्नुपर्छ। बिक्री मूल्य मात्र नभएर लागत पनि घटाउनुपर्छ। दुग्धजन्य वस्तुमा लाग्ने भ्याट मात्रै घटाउने हो भने समस्या आउँदैन। यी कुरा तत्काल लागू हुनुपर्‍यो,’ उनले भने।

विदेशबाट आयात हुने दूग्धजन्य वस्तुको भन्सार महसुल कम छ। तर नेपालमा दूध तथा दूग्धजन्य पदार्थ उत्पादनमा प्याकिङ गर्न आवश्यक सामाग्री ल्याउन पर्दा भन्सार महसुल चर्को लाग्ने हुँदा पनि समस्या आएको बताउँछन्।

‘यो प्याकेजिङ मेटरियलमा ३० प्रतिशत भन्सार दर छ। त्यसलाई घटाएर कम गर्नुपर्‍यो। अनि पो विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिन्छ। राज्यलाई सामान आकर्षक चाहिने अनि भन्सार शुल्क चर्को गरेर उद्योग मैत्री वातावरण हुँदैन,’ उनले भने।

छुर्पी व्यवसायी गंगा खड्काले पनि दूध उत्पादन बढाएर लागत घटाए आफैं समस्या समाधान हुने बताए। कृषि मन्त्रालयकी सहसचिव सम्झना काफ्ले सरकारले आयातमा रोक लगाउने निर्णय गरिसकेकाले समस्या सुल्झिने बताइन्।

‘आयातमा रोक लगाएका छौं, तर पूरै निषेध गर्छु भन्न मिल्दैन किनकी हामी अन्तर्राष्ट्रिय जगतमा बाँधिएर रहेका छौं। मूल्य धेरै भएको कारण समस्या आएको छ यो विषय सबै मिलाउनुपर्छ। अबका दिनमा दुग्धजन्य क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भीर रहने छ। तपाइँहरु पनि सकेसम्म उपाय अपनाउनुस् निर्यात गर्ने कुरामा हामी सहजीकरण गर्ने छौं,’ उनले भनिन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्