• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
‘दूध बिक्री नभएको समस्या देखाएर किसानका नाममा राजनीति’
64x64
कल्पना घिमिरे शुक्रबार, फागुन ११, २०८०  १९:५०
1140x725

काठमाडौं– आइतबार चितवनका किसान तथा व्यवसायी बिक्री नभएको भन्दै सडकमा दूध पोखेर आन्दोलित भए। त्यसलगतै बिहीबार किसानको नेतृत्व गर्ने एक दर्जन बढी संगठनहरुले पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेका छन्।

यसलगत्तै शुक्रबार नेपाल डेरी एसोसिएशनले वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। उक्त कार्यक्रममा बोल्दै डेरी एशोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले किसान र उद्योगको सम्बन्ध राम्रो भएको तर पछिल्लो समय समस्या आएको बताए।

माग र आपूर्तिको तालमेल नमिल्दा दुग्धजन्य वस्तुमा समस्या आएको केडिया बताउँछन्। यस्तै सरकारले दूध उत्पादन र माग को तथ्यांक ननिकाल्दा पनि समस्या आएको बताउँछन्। दूध डेरी उद्योगसँग कति दूध स्टक छ त्यो निकालेर निर्यातमा सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ छ।

‘दुग्ध विकास संस्थान नेपाल डेरी एशोशिएसनले कति दूध पाउडर र बटर स्टक हो भन्ने कुरा ल्याउन सकेन। साउनदेखि फागुनसम्म कुन उद्योगले कति दूध पाउडर बनायो भन्ने यथार्थ तथ्यांक मन्त्रालयले ल्याउन पर्‍यो। बंगलादेशले १० देखि ११ हजार प्रति टनमा लिन चाहन्छ। हाम्रो लागत १८ हजार परेको छ। पाँच हजार जति सरकारले बेहोरेर निर्यात गरोस् दूधको समस्या हट्छ,’ उनले भने।

यस्तै आर्मी प्रहरी र सशस्त्रको खानामा मासु, अण्डा समावेश गर्न जरुरी भएजस्तै दूध पनि अनिवार्य गर्न क्याबिनेटले नै निर्णय गरे दूधको समस्या हट्ने उनको दाबी छ। सोही क्रममा दुग्ध विकास बोर्डका कार्यकारी अध्यक्ष राजेन्द्र यादवले नेपालको डेरी क्षेत्र अन्य कुनै पनि क्षेत्रभन्दा मर्यादित र व्यवस्थित क्षेत्रभित्र पर्ने बताए। तर पछिल्लो समय दूध बिक्री नभएको समस्याका देखाएर किसानका नाममा राजनीति गर्ने उद्देश्यले केही व्यक्तित्वहरु लागि परेको आरोप लगाए। 

‘किसान, उद्योगी व्यवसायीसँग राम्रो सम्बन्ध छ र सबैकुरा व्यवस्थित हुँदा हुँदै पनि समस्या किन आइरहेको छ भन्दा दुरदृष्टिको भिजन उद्योगमा छैन। दोस्रो कुरा इमान्दारिता भएन। किसानको दूध बिक्री नभएको समस्या देखाएर किसानका नाममा राजनीति गर्ने उद्देश्य लिएर केही लागिपरेका छन्,’ यादवले भने।

सरकारले दुग्धजन्य वस्तु आयातमा रोक लगाइसकेको हुँदा दूध बिक्री नहुने समस्या सुल्झिने बताए। यस्तै गत माघ १९ गतेको बोर्ड मिटिङले नेपाल प्रहरी कार्यालयमा, विद्यालय लगायतका निकायको खानामा दुग्धजन्य वस्तु समावेस गर्न निर्देशन पनि गरिसकेको हुँदा यस्तो समस्या नहुने दाबी गरे।

‘बिक्री गर्ने उद्योगको काम हो सबै काम राज्यको होइन। सबै काममा राज्यको मुख ताकेर बस्ने होइन। सरकारले मूल्य निर्धारण गर्ने काम हो। दूध दही मात्र होइन दूधबाट अन्य वस्तु बनाउन सकिन्छ,’ यादवले भने। बजारको माग ७ हजार मेट्रिक टन रहेको छ। पछिल्लो समय डेरी उद्योगमा स्टक रहेको दूध ५ हजार मेट्रिकटन मात्र दूध भएकाले बिक्री नहुने भन्ने कृत्रिम समस्या सिर्जना गरिएको हुनसक्ने उनको दाबी छ।

आर्थिक वर्ष २०७९/८० मा कोभिडको असरका कारण किसान मर्कामा परेकाले दूधको मूल्य बढाइएको उनी बताउँछन्। तर, सरकारले उपभोक्ता मूल्य नतोक्दा समस्या आएको उनको भनाइ छ। ‘पहिला दूधको मूल्य तोक्दा किसान र उपभोक्ताको तोकिन्थ्यो। दुग्ध विकास बोर्डले मूल्य दुवैको पठाएको हो। तर क्याबिनेटले किसानको मूल्य मात्र तोक्यो, उपभोक्ता मूल्य तोकिएन। त्यो कसको प्रभावले भयो  थाहा भएन। त्यसको फलस्वरुप अहिले समस्या आइरहेको छ,’ उनले भने।

विज्ञापन नगर्दा बिक्री नहुने समस्या आयो
यस्तै डेरी उद्योगहरुले दूध तथा दुग्धजन्य वस्तुको विज्ञापन नगर्दा बिक्री नहुने समस्या आएको यादव बताउँछन्। ‘कुनै दूध उद्योगले विज्ञापन गरेको देखिएन। दूधको क्वालिटी बढाउनुपर्‍यो अनि दूधको विज्ञापन गर्नुपर्‍यो, त्यो कुरामा ध्यान नदिने अनि कसरी बिक्री हुन्छ?,’ उनले भने, ’अहिलेको समयमा दूध बढी भएकोभन्दा पनि बढी गराइएको हो। आ–आफ्नो क्षेत्रमा कसरी व्यवस्थित गर्नु पर्ने हो आफैं गर्ने हो। डेरी उद्योगको काम दूध र दही बेच्ने मात्रै होइन अन्य वस्तु उत्पादन गरेर बिक्री गरे हुन्छ नि।’

सिजनअनुसार उत्पादन बढी हुँदैमा दूध बिक्री नभएको बाहानामा राजनीति गर्न खोजिरहेको उनको आरोप छ। तर निरन्तर उत्पादन बढ्ने हो भने निर्यात गर्न सकिने उनी बताउँछन्।

‘बाहिरी मूलुकमा निर्यात गर्न निरन्तर उत्पादन बढ्नुपर्छ। दूध उत्पादन बढी भएको बेलामा एकदुई महिना पठाउने, पछि नपठाउने गरेर हुँदैन। निरन्तर उत्पादन बढ्ने हो भने निर्यात गर्न हामी तयार छौं। एउटा शुनिश्चितता हुनपर्‍यो,’ उनले भने। अहिले दूध उत्पादक करिब ४ अर्ब रुपैयाँ भुक्तानी पाउन नसकेको र त्यो तत्काल समाधान गर्नुपर्ने बोर्डका कार्यकारी अध्यक्ष यादव बताउँछन्। तर किसानका संगठनहरुले दुग्ध किसानको ६ अर्ब भुक्तानी गर्न बाँकी रहेको आँकडा निकालेका छन्। 

दुग्धजन्य वस्तुको भ्याट हटाए समस्या सुल्झिन्छ
नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहाल दुग्धजन्य वस्तुमा लगाइएको कर हटाए दूध सस्तो पर्ने र बिक्री नहुने समस्या हट्ने बताउँछन्।

‘मूल्य क्वालिटी अनुसार राख्नुपर्छ। बिक्री मूल्य मात्र नभएर लागत पनि घटाउनुपर्छ। दुग्धजन्य वस्तुमा लाग्ने भ्याट मात्रै घटाउने हो भने समस्या आउँदैन। यी कुरा तत्काल लागू हुनुपर्‍यो,’ उनले भने।

विदेशबाट आयात हुने दूग्धजन्य वस्तुको भन्सार महसुल कम छ। तर नेपालमा दूध तथा दूग्धजन्य पदार्थ उत्पादनमा प्याकिङ गर्न आवश्यक सामाग्री ल्याउन पर्दा भन्सार महसुल चर्को लाग्ने हुँदा पनि समस्या आएको बताउँछन्।

‘यो प्याकेजिङ मेटरियलमा ३० प्रतिशत भन्सार दर छ। त्यसलाई घटाएर कम गर्नुपर्‍यो। अनि पो विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिन्छ। राज्यलाई सामान आकर्षक चाहिने अनि भन्सार शुल्क चर्को गरेर उद्योग मैत्री वातावरण हुँदैन,’ उनले भने।

छुर्पी व्यवसायी गंगा खड्काले पनि दूध उत्पादन बढाएर लागत घटाए आफैं समस्या समाधान हुने बताए। कृषि मन्त्रालयकी सहसचिव सम्झना काफ्ले सरकारले आयातमा रोक लगाउने निर्णय गरिसकेकाले समस्या सुल्झिने बताइन्।

‘आयातमा रोक लगाएका छौं, तर पूरै निषेध गर्छु भन्न मिल्दैन किनकी हामी अन्तर्राष्ट्रिय जगतमा बाँधिएर रहेका छौं। मूल्य धेरै भएको कारण समस्या आएको छ यो विषय सबै मिलाउनुपर्छ। अबका दिनमा दुग्धजन्य क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भीर रहने छ। तपाइँहरु पनि सकेसम्म उपाय अपनाउनुस् निर्यात गर्ने कुरामा हामी सहजीकरण गर्ने छौं,’ उनले भनिन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्