• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाबु युक्रेन युद्धमा अस्ताए, छोरा सोधिरहन्छन्– खोई मेरो बाबा?

64x64
कल्पना घिमिरे शुक्रबार, माघ २६, २०८०  २०:२०
1140x725

काठमाडौं– ‘आजभोलि बाबाको फोन किन आउँदैन? भन्दै छोरो रोइरहन्छ। छोराले त उसको बाबा बितेको बुझिसक्यो,’ लिलु लामो श्वास तान्छिन्, ‘नानी सानै छे, बुझ्ने बेला अलि भएको छैन।’

वैदेशिक रोजगारीका लागि रुस गएका धादिङ गंगाजमुना गाउँपालिकाका पूर्णबहादुर गुरुङ गत कात्तिक १८ गते रुस–युक्रेन युद्धमा अस्ताए। तर आफूलाई श्रीमान् बितेको सपनाजस्तै भइरहेको लिलु सुनाउँछिन्। 

‘अहिले केही गर्ने जाँगर लाग्दैन। सधैं उहाँको याद आउँछ। नानीबाबुलाई खाना पकाएर खान समेत दिन सकिरहेकी छैन। तर जसोतसो नानीबाबुका लागि बाँच्ने कोसिस गरिरहेकी छु,’ उनी भन्छिन्। 

लिलुका ११ वर्षका एक छोरा र साढे ४ वर्षकी एक छोरी छन्।

पूर्णबहादुरले गत कात्तिक १६ गते लिलुलाई वाट्सएपमा म्यासेज गर्दै भनेका थिए रे, ‘म तालिममा हुन्छु, फोन चलाउन मिल्दैन। ४ दिन कुराकानी पनि हुँदैन।’ 

त्यसपछि पूर्णबहादुर अफलाइन देखिए। त्यही दिनदेखि लिलु र पूर्णबहादुरको कुराकानी बन्द भएको थियो। पूर्णबहादुर तालिममा गएका छन् भनेर लिलु ढुक्क थिइन्। 

कात्तिक २१ गते नानीबाबु आफन्तलाई हेरिदिनु भनेर धादिङबेसीबाट लिलु एक दिनको लागि गंगाजमुना गाउँपालिकास्थित घर गएकी थिइन्। भोलिपल्ट फर्कँदा बाटोमा गाडी लागेर केही खाइनन् उनले। 

साँझ डेरा आइपुगेपछि करिब ७ बजे लिलुको फोनमा वाट्सएपमा कल आएको घण्टी बज्यो। श्रीमान्‌ले कल गरे होलान्, अब त फूर्सद पाएछन् भनेर खुसी हुँदै खल्तीबाट फोन झिकिन्।

nimb
nimb
Ncell 2
Ncell 2

तर, कल पूर्णबहादुरको नभएर पूर्णबहादुरका साथीको रहेछ। 

‘उहाँले केही खबर पठाउनु भएको हेला भन्ने ठानेर फोन उठाएँ। तर उनले दाइ त यो संसारमा हुनुहुन्न, युद्धमा गएको बेला १८ गते बित्नु भएको भने। त्यो सुनेर मेरो होस नै गुम्यो। पछि मलाई आफन्तहरुले होसमा ल्याएछन्। अहिलेसम्म सपना जस्तै लागिरहेको छ,’ उनी सम्झिन्छिन्, ‘मलाई त युद्धमा जाँदैछु भनेर भन्नु भएन। त्यहाँ नेटवर्क नटिप्न सक्छ, ४ दिनको तालिम हो, त्यतिन्जेल कुरा हुँदैन भन्नु भएको थियो।’

ती साथीले पूर्णबहादुरका दाइको वाट्सएपमा भिडियो पठाए। त्यसपछि परिवारमा सबैलाई पूर्णबहादुरको युद्धमा मृत्यु भएको थाहा भयो। 

‘आफन्तहरुले फोटो, भिडियो छ भन्नु हुन्छ मैले त्यो हेर्न सकेको छैन। तर मलाई विश्वास नै छैन। शव पनि ल्याउन पाइएन। अरुको परिवारलाई रुसले तपाईंको मान्छे मर्यो, यतै दाहसंस्कार गर्यौँ भनेर म्यासेज पठाएको छ भन्छन्। मेरो मा त म्यासेज पनि आएको छैन। उहाँको साथीले मात्रै भनेको हो। मृतकहरुको नामलिस्टमा पनि उहाँको नाम छैन,’ उनी सुनाउँछिन्।

पूर्णबहादुरले रुस जाने बेलामा आफूलाई नभनेको तर पुगिसकेपछि खबर गरेको पूर्णबहादुरका दाजु श्याम गुरुङ  सुनाउँछन्। 

‘रसिया गएको ४५ दिनमा आफूलाई एक हप्ताको लागि युद्धमा जान लागेको भनेको थियो। गएको ४ दिनपछि उसको साथीले मृत्यु भएको भिडियो पठाएको थियो। मेरो भाइ हो भनेर मैले क्लियरली चिनेँ। भाइको आर्मी भएपछिको फोटो र उसको नम्बर प्लेटको तस्बिर पनि छ,’ श्याम सुनाउँछन्। 

तर शव नआउने भन्ने सुनेपछि आफ्नो परम्परा अनुसार दाह संस्कार गरिएको उनी सुनाउँछन्। अझै पनि शव ल्याउन सकिने भए ल्याउन पहल गर्ने उनी बताउँछिन्।

नेपालमा रोजगारी नपाएपछि पूर्णबहादुर यसअघि २०७८ सालमा ड्राइभिङ सिकेर साउदी अरब गएका थिए। साउदीमा भने जस्तो कमाइ नभएपछि २ वर्षमै नेपाल फर्किए। नेपालमा आइसकेपछि उनले धादिङबेसीको एक स्कुलको भ्यान चलाउन थाले। सो कामबाट मासिक १० हजार कमाइ हुन्थ्यो। बिहान बेलुका विद्यार्थीलाई ल्याउने पुर्याउने मात्रै थियो। दिनभरि फुर्सदी थिम पूर्णबहादुर।

फुर्सदको समयमा टिकटक लाइभ हेरेर बस्थे। गाउँकै चिनेजानेका एक व्यक्ति रुसबाट लाइभमा आएको भेटे। ती व्यक्तिसँग राम्रै चिनजान थियो। ती व्यक्तिले रुसमा काम र कमाइ राम्रो हुने धेरै खर्च नलाग्ने, सजिलै जान सकिने सुनाएछन्। 

काम नपाएर छट्पटिएका पूर्णबहादुरलाई अब के चाहियो र। त्यहीँबाट एजेन्टको नम्बर मागेर रसिया जाने प्रोसेस गरे।

पूर्णबहादुरले आफन्तजन र साथीहरुसँग मागेर ९ लाख रुपैयाँ जम्मा गरेछन् र ८ लाख एजेन्टलाई बुझाएछन्। तर परिवारमा कसैलाई थाहा दिएनन्। 

‘८ लाख रुपैयाँ एजेण्टलाई बुझाउनुभएछ। १ लाखको सपिङ गर्नुभएछ। मलाई त यो कुरा निकै पछि थाहा भयो।  साथीको कुरामा भर परेर हामीलाई थाहा नदिई तयारी गर्नुभएछ। म कात्तिक १ गते नानीबाबु लिएर घर गएँ। उहाँ धादिङबेसी नै बस्नु भयो,’ उनले भनिन्।

‘त्यसपछि मैले घरबाट फोन गर्दा उहाँ काठमाडौं गइसक्नुभएछ। फोनमा म रसिया जाने भएँ, पर्सी ७ गतेको फ्लाइट छ भन्नु भयो। यस्तो सुनेपछि मेरो मन डरायो। नगएको भए हुन्थ्यो भनेर सम्झाएँ। तर उहाँले केही हुँदैन, चिन्ता नगर भनेर उल्टै मलाई सम्झाउनु भयो,’ उनी सुनाउँछिन्।

पूर्णबहादुर रुस पुगेको १५ दिनसम्म उनकी श्रीमतीसँग कुराकानी भइरहेको थियो। 

‘फोन गर्दा नानीबाबु पनि बोल्थे। बाबासँग बोल्न पाउँदा कति खुसी हुन्थे। तर अहिले नानीबाबु पनि बाबा खै भन्दै रुन्छन्। मलाई त श्रीमान् बितेको सपना जस्तै लागेको छ,’ उनी सुनाउँछिन्।

सरकारले पनि मृतकको शव ल्याउने प्रोसेस गरेको भए अलिकति राहत मिल्ने उनको बुझाइ छ। शव नै नल्याए पनि आफ्नो छोराछोरीका लागि सरकारले केही पहल गरिदिनुपर्ने उनी बताउँछिन्।

‘मेरो श्रीमान् यत्तिकै विदेश गएको त होइन नि। नेपालमा रोजगारी नभएका कारण त विदेशिनु परेको हो। मेरो छोराछोरीका भविष्यका लागि नेपाल सरकारले हेरिदिनु पर्यो। नेपालको परराष्ट्र मन्त्रालय र नेपालस्थित रुसको राजदूतावास निवेदन त दियौँ। तर के हुने हो केही थाहा छैन,’ उनी भन्छिन्।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गरिमा हत्या प्रकरणमा आक्रोशित स्थानीयद्वारा प्रहरी कार्यालय सिमरा घेराउ, वीरगञ्ज–पथलैया सडकसम्म ठप्प जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द गरेका छन्। बिहीबार, भदौ ४, २०८३
मानव अधिकार आयोगभित्र झगडा : सचिव खरेललाई हटाउन आयुक्त ठाकुरले लेखे प्रधानमन्त्री बालेनलाई पत्र सचिव मुरारीप्रसाद खरेलले सेवा निवृत्त भइसकेपछि पनि आयोगमा काम गरिरहेको भन्दै उनलाई अवकाश दिन माग गर्दै आयुक्त ठाकुरले पत्र लेखेका हु... बिहीबार, भदौ ४, २०८३
२४ घण्टामा सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ, मुख्य राजमार्ग रुपमा ठप्प बिहीबार, भदौ ४, २०८३
बागमतीमा एमालेका किरण थापा मुख्यमन्त्रीमा नियुक्त बिहीबार, भदौ ४, २०८३
एमाले–नेकपा सरकारलाई समर्थन गरेपछि राप्रपाका नेता थापा पार्टीबाट निकालिए, प्रदेश सांसदबाटसमेत कारबाही बिहीबार, भदौ ४, २०८३
महाधिवेशन रोक्न देउवा पक्ष अदालत जाँदै, भोलि नै निवेदन दर्ता गर्ने बिहीबार, भदौ ४, २०८३
चार दिनमै दाङका जंगलमा ३७ थान बरुवा बन्दुक भेटिए, कहाँबाट आए यति धेरै हतियार? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्