काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य बैठकले पुष्टि गर्नुपर्ने बताएका छन्।
केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकी माओवादीसँग एकताको कुरा गर्न उपयुक्त नहुने उनको भनाइ छ।
खनालले भने, ‘हामीले विद्रोह किन र के कारणले गरियो भन्ने कुरा खोज्नुपर्छ। अहिले पनि सबै वामपन्थी एकताबद्ध हुनुपर्छ भन्नेमा छु। दुईटा वामपन्थी मात्रै एक भएर हुँदैन। अहिले कार्यगत एकता गर्नुपर्छ। विचार, सिद्धान्त, नीति कार्यक्रम र संगठनमा एकरूपता भयो भने मात्रै एकता हुन्छ।’
उनले पार्टी एकता भनेको कुनै खेलाँची विषय नभएको तर्क गरे। कार्यगत एकताका लागि आफूहरू सबै वामपन्थी पार्टीहरूसँग खुला रहेको बताए। एमालेबाट विद्रोह गरेको चार वर्षसम्ममा पनि नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।