• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भिजिट भिसा प्रकरण: डेढ महिनादेखि गयल हाजिर भएर ७ कर्मचारी फरार

एक महिनापछि जारी भयो पक्राउ पुर्जी
64x64
नेपाल लाइभ आइतबार, माघ १४, २०८०  १०:५५
1140x725

काठमाडौं– नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका ७ जना कर्मचारी नै डेढ महिनादेखि फरार भएको खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकृत नरवीर खड्का पक्राउ परेपछि बाँकी ७ जना अध्यागमनका कर्मचारी फरार भएका खुलेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अध्यागमन अधिकृत नरवीर खड्कालाई मंसिर २६ गते घुस लिँदै गरको बेला रंगेहात पक्राउ गरेको थियो। भिजिट भिसामा सेटिङ मिलाए बापत लिएको २ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।  

खड्का पक्राउ परेपछि नै अध्यागमनका ७ जना कर्मचारीहरु फरार भएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। फरार हुनेहरुमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो  रहेका अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दियो। 

यो पनि पढ्नुहोस

तस्करले नै दिन्थे अध्यागमनका अधिकृतलाई फोन, हप्ता दिनमै परिर्वतन हुन्थे मोबाइल

खड्का पक्राउ परेपछि उनीहरुको संलग्नता खुलेको थियो। त्यसपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाउँदा खड्का पक्राउ परेपछि नै उनीहरु कार्यालय नै नआइ सम्पर्कविहीन भएर फरार भएका प्रहरी स्रोतले बतायो। 

उनीहरु फरार भएको १ महिनाभन्दा बढी समयपछि माघ ९ गते बल्ल पक्राउ पुर्जी जारी भएको छ। तर उनीहरु भने डेढ महिनादेखि नै कार्यालयमा गयल हाजिर भइ फरार भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश– अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

उनीहरुको खोजी भइरहेको जनाएको छ। अहिलेसम्म पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले लिखतसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाएको छ। 

भिजिट भिसामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा सुरुमा १ हजार ३२ थान कागजात पठाएको थियो।

यो पनि पढ्नुहोस

वायु सेवा निगम र नेपाल एअर लाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता 

ती कागजात भेरिफाइ गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने र सेटिङमा विदेश पठाउने गिरोहमाथि प्रहरीले अपरेशन चलाएको थियो। यो प्रकरणमा अहिलेसम्म ३९ जना पक्राउ परिसकेका छन्। नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणितका कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगागतका कागजातहरु नक्कली बनाएर गिरोहले सेटिङमा भिजिट भिसामा विदेश पठाउने गरेको थियो।

यो पनि पढ्नुहोस

२ लाख घुससहित पक्राउ परेका अध्यागमनका अधिकृतलाई चलाइयो कीर्ते मुद्दा

यो गिरोह विदेश जान चाहनेहरुसँग सम्पर्क गरी कुन–कुन कागजात चाहिने रहेछ भन्दै बुझ्ने। त्यसपछि कागजात बनाउन लाग्ने रकमदेखि टिकट बुकिङ र होटल बुकिङको काम गर्ने गरेको खुलेको छ। नक्कली कागजातको आधारमा भिजिट भिसामा मान्छे पठाउँदा अध्यागमनका कर्मचारी बाधक बन्नसक्ने भन्दै उनीहरुलाई व्यक्ति ५० हजार रुपैयाँसम्म गिरोहले बुझाउने गरेको थियो।

यो पनि पढ्नुहोस

रसियन आर्मीमा भर्तीका लागि पठाएको आरोपमा अध्यागमन अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा 

त्यसैगरी विमानस्थलमा खटिएका प्रहरी, नेपाल वायु सेवा निगमका कर्मचारी, नेपाल एअरलाइनसका कर्मचारी सम्मलाई घुस खुवाउने गरेको पाइएपछि उनीहरुलाई समेत प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सम्बन्धित सामग्री
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध उदयपुर कटारी नगरपालिका– १४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रूपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब... आइतबार, वैशाख २७, २०८३
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई यही वैशाख १२ गतेदेखि... आइतबार, वैशाख २७, २०८३
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट स्थानीय रामअवतार यादवको गाई गोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुई वटा घर र एउटा गाई गोठ, छिमेकी जुगाइ यादवको दुई वटा घर र एउट... आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २७, २०८३
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन आइतबार, वैशाख २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आइतबार, वैशाख २७, २०८३
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्