



काठमाडौं – बिचौलियाको नामले चिनिएका इनम सापकोटासँग थुप्रै हाईप्रोफाइल व्यक्तिहरूको कनेक्सन रहेको खुल्न थालेपछि नेपाल प्रहरीले अर्को समिति गठन गरेर अनुसन्धान अघि बढाउन थालेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरीले जनाएको छ ।
रेग्मीको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटामाथि अनुसन्धान सुरु गरिसकेको प्रहरी स्रोतले बिहीबार नेपाललाइभलाई जानकारी दिएको छ ।
परिसरको टोलीलाई समेत निशानिर्देश गर्ने गरी रेग्मीको टोली परिचालित हुनेछ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएको र अदालतमा सेटिङ गर्ने गरेको सूचना पाएपछि पक्राउ परेका सापकोटामाथि अनुसन्धान गर्दा एकपछि अर्को भीआईपी कनेक्सन सार्वजनिक भइरहेको छ ।
प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सनमा देखिएका छन् ।
नयाँ दिल्ली जाने क्रममा उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरी अभद्रको कसुरका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
सापकोटाको मोबाइलमा भीआइपीहरुसँगको कनेक्सन देखिएको प्रहरी स्रोतले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।