काठमाडौं– एनपीएल अन्तर्गत भर्खरै सम्पन्न खेलमा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध चार विकेटको थ्रिलिङ जित निकालेको छ ।
१८७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ दशमलव ५ ओभरमा मात्र ६ विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा कप्तान सोमपाल कामीले अविजित आक्रामक अर्धशतकीय पारी खेले ।
उनले ३२ बलमा ६२ रनको अविजित पारी खेले । यस्तै पवन सर्राफले ३६ रन बनाउँदा आरिफूल स्लामले १२ बलमा ३२ र दीपक डुम्रेले २० रनको योगदान दिए ।
विराटनगरका लागि एन्जेलो म्याथुजले ३, चारिथ असलंका र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
विराटनगरका लागि लोकेश बमले ८७ रनको ठूलो पारी खेलेका थिए । आन्द्रे रसेलले २७ र म्याथुजले ३१ रन बनाए ।
कर्णालीका तर्फबाट सोमपाल कामीले ४ विकेट लिँदा मार्क वाट र नन्दन यादवले १/१ विकेट लिए । पहिला ब्याटिङ गरेको विराटनगरले १८६ रन बनाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।