काठमाडौं
सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णकुमार रिजाल पक्राउ गरे काठमाडौ ल्याइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले बिहीबार रिजाललाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंको पत्राचारपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।
पक्राउ परेका रिजाललाई बिहीबार नै काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जानकारी दिएको छ। उनलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाले हेडवर्क्स र विद्युत् गृह निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी गरिरहेका बेला निर्देशक रिजाल पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।