रौतहट– फोनमा धम्क्याएर रकम माग्ने गिरोहका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोतहटको फतुवा विजयपुर नगरपालिका–८ का ३४ वर्षीय श्रीभगवान साह रहेका छन्।
अपराधिक मनस्थितितका व्यक्तिहरुले फोनमा धम्की दिई रकम माग गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले साहलाई पक्राउ गरेको हो। पुस १० गतेदेखि ९८०१५७७५१० फोन नम्बरबाट एक जना व्यापारीलाई पटक–पटक फोन गरी व्यापारी र उनका छोराछोरीलाई धम्की दिएर पाँच लाखदेखि ५० लाखसम्म रकम माग गरिएको थियो।
अअनुसन्धानका क्रममा उक्त मोबाइल नम्बर प्रयोगकर्ता श्रीभगवान साह रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका उनीविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढााइ यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरुकोसमेत पहिचान भएकाले उनीहरुको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।