काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बर्दियाको बढैयाताल गाउँपालिका–६ स्थित ईलाका प्रहरी कायालय मैनापोखरमा कार्यरत साउदले लागुऔषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ३० हजार घुससहित पुस १२ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा उनले सेवा ग्राहीबाट लागुऔषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार घुस लिएकोमा उनलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा कैद र बिगो जरिवाना माग दाबी गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।