काठमाडौं– न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ। बुधबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको हो।
उच्च अदालतमा नियुक्त हुने न्यायाधीशमध्ये सबैभन्दा बढी जिल्ला अदालतका न्यायाधीश छन्। जिल्ला अदालतका न्यायाधीशबाट २६ जना उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन्।
परिषद्ले न्याय सेवा र सरकारी वकिलबाट ४ जना अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेको छ। यस्तै, ९ जना कानुन व्यवसायी उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन्।
परिषद्को बुधबारको बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।