एजेन्सी– इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ।
मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली समाचार वेबसाइट थ्लभत ले सोमबार उल्लेख गरेको छ।
इजरायलले नरसंहारविरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार हानेग्बीले कारबाहीको बहिष्कार नगर्ने, तर उपस्थित भई आफू विरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताएको वेबसाइटमा उल्लेख छ।
प्रतिवेदनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा वरिष्ठ अधिकारी बीचको छलफल अघि नै यो निर्णय लिइएको हो। शुक्रबार दायर गरिएको मुद्दामा गाजा स्ट्रिपमा प्यालेस्टिनीको नरसंहारको रोकथाम तथा सजायको महासन्धि अन्तर्गतको दायित्वको इजरायलले उल्लङ्घन गरेको अन्तरराष्ट्रिय अदालत (आईसीजे) ले जनाएको छ।
दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघीय अदालतलाई नरसंहार महासन्धि अन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई गम्भीरताका साथ लिई थप क्षतिबाट जोगाउन प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।