काठमाडौं– उत्तरी वेस्ट बैंकको तुलकर्म शहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयकाअनुसार अन्य गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।
प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूसँगको युद्धका बीचमा सैन्य बुलडोजरको साथ शिविरमा आक्रमण गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।