काठमाडौं– आगामी पुस १५ गते ललितपुरमा च्याउ प्रदर्शनी तथा परिकार महोत्सव हुने भएको छ। ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा च्याउ प्रदर्शनी तथा परिकार महोत्सव आयोजना हुने भएको हो।
‘देशभरिका च्याउ किसानहरु एक हौं’ भन्ने नाराका साथ राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपाल केन्द्रीय समितिले सो महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवको मुख्य उद्धेश्य च्याउ किसानलाई जागरुक र व्यावसायिक उत्पादनमा आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने आयोजकले जनाएको छ। महोत्सव बिहान १० देखि साँझ ६ बजेसम्म हुने छ। नेपालमा वार्षिक १३ हजार मेट्रिक टन च्याउ उत्पादन हुँदै आएको सरकारी तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।